सोमबार, मंसिर १० गते २०८१    
images
images

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो, निकुञ्जको १७५ रोपनी जग्गाको सट्टाभर्ना दिइने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १३ २०७९
images
images
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो, निकुञ्जको १७५ रोपनी जग्गाको सट्टाभर्ना दिइने

कर्णालीमा विद्युत् खपतको तुलनामा क्षमता नथपिँदा स्थानीयले लामो समयदेखि लोडसेडिङको मार भोगिरेका छन्। अहिले सुर्खेत भएरै दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम पश्चिम र सल्यानको कोही भागमा विद्युत् लाइन विस्तार छ।

images
images

जाजरकोट- कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो।
 
हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राद्यिकरणका प्रमुख शम्भु कुसियात यादवले बताए। 

images
images
images

एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ। जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ। जसमा ७४ पोलका लागि ४३ हेक्टर जमिन आवश्यक पर्छ। 

images

प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटानमा पर्दछन्। आयोजना निर्माण क्षेत्रमा सुर्खेतको बीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेँसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ।

images

कर्णालीमा २०४५ सालमा जडान गरिएको ३३ केभी प्रसारण लाइनको भरमा विद्युत् सेवा सञ्चालन भइरहेको छ। दुई वर्षअघि ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम भदौमा नौ महिनाका लागि फेरि थप गरिएको छ। प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ। उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ। अहिलेसम्म कम्पनीले ५० वटा पोलका लागि फाउन्डेसको काम गरेको छ।

विद्युत्को काम अहिलेसम्म २० प्रतिशत मात्र भएको छ। निकुञ्जले व्यक्तिगत जग्गा उपलब्ध गराउन भनेपछि विद्युत् प्राधिकरणमार्फत् असोज ६ गते निकुञ्ज आसपासमा व्यक्तिगत जमिन बेच्न चाहनेलाई लक्षित गर्दै सार्वजनिक सूचना निकालिएको थियो। उक्त सूचना अनुसार जग्गा पाइएपछि अहिले जग्गा मूल्याङ्कनको काम सुरु भएको छ। 

कर्णालीमा विद्युत् खपतको तुलनामा क्षमता नथपिँदा स्थानीयले लामो समयदेखि लोडसेडिङको मार भोगिरेका छन्। अहिले सुर्खेत भएरै दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम पश्चिम र सल्यानको कोही भागमा विद्युत् लाइन विस्तार छ। डोल्पा यही विद्युत् पुर्‍याउनका लागि काम भइरहेको छ। 

कर्णाली प्रदेशमा प्राधिकरणका एक लाख ग्राहक छन्। करिब ३३ वर्ष पुरानो प्रसारण लाइनकै कारण विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ। कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दूरीमा ९५ प्रतिशत भाग जङ्गल क्षेत्रभित्र पर्दछ। निकुञ्जसँग जोडिएको व्यक्तिगत जग्गा प्राप्त गर्न मूल्याङ्कनको काम सकेलगत्तै सो जग्गा निकुञ्जलाई दिएर निकुञ्जको जग्गामा भएका रुख कटान काम सुरु हुनेछ।

आयोजना अन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्म २६ वटा एङ्गल टावर निर्माणको काम छिट्टै सुरु हुनेछ। दुई हप्ताभित्र जग्गाको काम पूरा हुने प्राद्यिकरणका प्रमुख कुसियत यादवले जानकारी दिए। 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वन क्षेत्रको ओगट्ने छ। यो कामको सुरुवातसँगै सुर्खेतबाट जाजरकोटको १३२ केभी लाइन विस्तारका लागि मेहलकुनामा सवस्टेशनको काम समेत हुनेछ। अहिले १३२ केभी लाइन नहुँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कालिकोट र जुम्लामा समेत समस्या पर्दै आएको छ। 

त्यस्तै प्राधिकरणले जाजरकोटको कुदुबाट चौँखा हुँदै डोल्पाको त्रिपुराकोटसम्मको विद्युत् लाइनको पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कासमेत लगाइसकेको छ। त्यस्तै कालिकोटबाट जुम्लाका लागि समेत नयाँ ठेक्का सदर भइसकेको प्रमुख यादवले बताए। जाजरकोटमा समेत अन्य ठेक्काका काम भइरहेका छन्। कर्णाली प्रदेशमा विद्युत् नपुगेको डोल्पा, हुम्ला र मुगुमा विद्युत् पुर्‍याउनका लागि काम भइरहेको यादवले बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend