बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अरुण ३ को लागत बढ्यो, ६२ अर्ब लगानी बढाउन स्वीकृति दिने लगानी बोर्डको निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २३ २०७८
images
images
अरुण ३ को लागत बढ्यो, ६२ अर्ब लगानी बढाउन स्वीकृति दिने लगानी बोर्डको निर्णय

लगानी बोर्डको बैठकले ९ सय मेगावाट क्षमताको अरुण जलविद्युत परियोजनाको ६२ अर्ब २६ करोडको पुँजी वृद्धिको स्वीकत गरेको छ।

images
images

क्काठमाडौं- लगानी बोर्डको बैठकले ९ सय मेगावाट क्षमताको अरुण जलविद्युत परियोजनाको ६२ अर्ब २६ करोडको पुँजी वृद्धिको स्वीकत गरेको छ।शनिबार बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बोर्डको ४८औं बैठकले यो निर्णय गरेको हो। 

images
images

समग्रमा बोर्डको बैठकले दुई जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पुँजीवृद्धि गर्न अनुमति दिएको हो। 

images
images

बोर्डले १० अर्ब ५ करोड रुपैयाँ लगानीको दोलखामा बन्ने ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजनाको लगानी समेत स्वीकृत गरेको छ। त्यस्तै संखुवासभामा पर्ने निर्माणको चरणमा रहेको ९ सय मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपैयाँको पुँजीवृद्धि स्वीकृति प्रदान गरेको छ। 

images
images

यसैगरी, बैठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। 

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन्, भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहने छन्। 

बैठकले लगानी बोर्डको आव २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजनाको सेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका थिए। 


प्रकाशित : शनिबार, असोज २३ २०७८०९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend