बिहीबार , मंसिर १३ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय लेखामान सम्मेलन सम्पन्न

images
आइतबार, कात्तिक २७ २०७९
images
images
अन्तर्राष्ट्रिय लेखामान सम्मेलन सम्पन्न
images
images

काठमाडौं- अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान तथा नेपाल वित्तीय प्रतिवेदनमान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा आज सम्पन्न भएको छ।

images
images
images

लेखामान बोर्डको आयोजनामा काठमाडौमा सम्मेलन आयोजना भएको हो। नेपाल सरकारबाट राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसाय र वित्तिय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ (पहिलो संशोधन, २०५९ सहित को परिच्छेद ३ (क) को दफा १५ (क) बमोजिम वि.सं. २०५९ असार २४ (जुलाई ८ २००२ मा यस बोर्डको गठन भएको हो ।

images

 लेखामान सम्बन्धी मानहरुको व्यवस्था गर्ने, ती मानहरुको विकास गर्न उपयुक्त विधि तयार गर्ने, ती मानहरुको व्याख्या संशोधन, सुधार र परिमार्जन गर्ने लगायत लेखामान सम्बन्धी आवश्यकता अनुसारको कार्य गर्ने उद्देश्य लिएर यस बोर्डको गठन भएको हो ।

images

वित्तीय प्रतिवेदनहरुमा समरुपता ल्याउने समान वित्तीय प्रतिवेदन प्रणालीको विकासक्रम, राष्ट्रिय अनुकूलन तथा अभ्यास र विकासका बारेमा छलफल गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना भएको हो । 

अन्तराष्ट्रिय वित्तीय प्रतिवेदनमान र नेपाल वित्तीय प्रतिवेदनमान आदीका बारेमा यो सम्मेलनमा छलफल भएको थिय‍ो। 

नेपाल लेखामान बोर्डले एसियन ओसियन स्टपानर्डर्डको सहकार्यमा यो सम्मेलन आयोजना गरेको हो । यो २७ वटा राष्ट्रहरुको मान तर्जुमाकारहरु कोसमूह हो । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानको विषय छलफल गर्न र विश्वव्यापी लेखा मानहरुको विकासमा योगदान दिन सन् २००९ मा समूह गठन गरिएको थियो ।

सो अन्तराष्ट्रिय सम्मेलनमा एसियन ओसियन स्ट्यानर्डर्डका पदाधिकारी, अन्तराष्ट्रिय लेखामान बोर्डका प्रतिनिधिहरू, नेपालबाट नेपाल सरकार, नियमनकारी निकायहरु, सम्बन्धित सरोकारावाला निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु बीमा कम्पनीहरु जलविद्युत कम्पनीहरु तथा अन्यको पनि सहभागी भएका थिए।े

यो सम्मेलनको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानमा भएको विकास कम र सोही अनुसारको अभ्यास नेपालमा पनि वृद्धि गराउनको लागि यो अन्तराष्ट्रिय सम्मेलन अत्यन्त महत्वपूर्ण हुने जानकारी लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले दिए।

सम्मेलनमा बोल्दै थापाले अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय बजारसँग जोडिएका नेपालका लागि अनुकूलित लेखाप्रणाली आवश्यक रहेको र त्यस्तो अभ्यासलाई अझै तीव्र पार्नका लागि सम्मेलन सहयोगी हुने बताए । 'नेपाल विश्व बजारबाट अलग हुन सम्भव छैन। त्यसैले हामीले अन्तर्राष्ट्रिय वित्तिय प्रतिवेदनमानमै रहेर राष्ट्रिय मानहरु बनाइरहेका छौ । मान अनुसारको समान लेखा भाषा कार्यान्वयन गर्नका लागि यो सम्मेलन अभ्यासकर्ताका लागि सहयोगी हुनेछ' उनले भने ।

नेपालमा लेखामानको विकासमा लेखामान बोर्डले योगदान निकै महत्वपूर्ण रहेको र लेखामानहरु कार्यान्वयनमा बोर्ड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग हातेमालो गर्दै कार्य गरिरहेको र आगामी दिनमा यसरी नै निरन्तर समन्वय तथा यस सम्मेलनले नेपालमा नेपाल वित्तीय प्रतिवेदनमान कार्यान्वयनमा थप सहयोग पुग्ने धारणा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष श्री भाष्कर सिंह लालाले व्यक्त गरे।

कार्यक्रममा लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले आजको सम्मेलन तथा भोलिदेखि हुने क्षेत्रीय बैठकबाट नेपालले लाभ लिनसक्ने विश्व व्यक्त गरे ।

आधुनिक र विश्व बजारसँग अनुकूलित लेखा अभ्यासलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकार प्रतिबद्ध रहेको अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले जानकारी दिए ।

सीमित स्रोत साधनकै बीचमा लेखामान बोर्डले पर्याप्त काम गरिरहेको र यसबाट तय भएका लेखामानहरु कार्यान्वयनमा सरकार तत्पर रहेको र यो सम्मेलनबाट अझै तीव्र कार्यान्वयनमा बल पुग्ने उनको भनाइ छ ।

त्यस्तै एसियन ओसियन स्ट्यानर्डर्ड सेटर्स समूहका अध्यक्ष निशान फर्नान्डिनोले यस किसिमको सम्मेलनले नेपाललाई मानहरु विकास तथा कार्यान्वयनमा थप सहयोग हुने र आगामी दिनमा समेत यस किसिमको सहयोगको लागि सदैव तत्पर रहेको भनाई व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पारदर्शिताका लागि चुस्ता लेखा प्रणाली आवश्यक रहेको र चुस्त र सरल लेखा प्रणालीकै लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मानहरु बनेको उनको भनाइ छ। यस्ता मानको वित्तीय संस्थामा कार्यान्वयनमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको र यस्ता सम्मेलनबाट अझै खारिन सहयोग पुग्ने उनको भनाइ छ ।

सो अन्तराष्ट्रिय सम्मेलनमा अन्तराष्ट्रिय लेखामान बोर्डका सदस्य डा. जियाडिओले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संस्थाले गरिरहेको काम, मानकको महत्व र सदस्य मुलुकलाई गरिने सहायताका बारेमा कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

त्यस्तै उनको एसियन ओसियन स्ट्यानर्डर्ड सेटर्स समूहका अध्यक्ष निशान फर्नान्डिनोले श्रीलंकामा मानको अनुकूलन तथा कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 भोलिदेखि एसियन ओसियन स्ट्यानर्डर्ड सेटर समूहको १४ औं वार्षिक बैठक सुरु हुने भएको छ । यो समूहका कूल २७ सदस्य रहेका छन् । नेपालको तर्फबाट राष्ट्रिय लेखामान बोर्ड यसको सदस्य रहेको छ ।

सम्मेलनमा मानको विकास, नेपालमामा त्यसको कार्यान्वयन, प्राविधिक सक्षमताका विषयमा छलफल हुने छ ।


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९१६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend