शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंक तथा वित्तीय संस्थाविरुद्ध देशभरका व्यवसायी आन्दोलित

शुक्रबार, कात्तिक १८ २०७९
बैंक तथा वित्तीय संस्थाविरुद्ध देशभरका व्यवसायी आन्दोलित

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले बढाएको प्रिमियम ब्याजदर, चालु पुँजी निर्देशिकालगायतका नीतिको विरोध गर्दै व्यवसायीहरू आन्दोलित भएका छन्। केही दिनदेखि पूर्वका व्यवसायीहरू आन्दोलित भइरहेका बेला उपत्यका क्षेत्रका व्यसायीहरू पनि शुक्रबार संगठित रुपमै आन्दोलनमा उत्रिएका हुन्। 

ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, मनपरी प्रिमियम बन्द गर, उच्च सेवा शुल्क बन्द गर, गरि खाने मर्दै छ, सरकारको राजस्व घट्दै छ जस्ता नारासहित व्यवसायीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्। 

काठमाडौं उद्योग वाणिज्य संघको नेतृत्वमा उपत्यका क्षेत्रका सबै संघको समेत सहभागितामा माइतीघरमा प्रर्दशन भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका तीनजना उपाध्यक्षहरूले समेत धर्ना कार्यक्रमलाई साथ दिँदै सहभागिता जनाएका छन्। धर्नामा उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइसमेत सहभागी भएका हुन्। 

byapri maiti.jpg

व्यवसायीहरूले मुख्य ५ वटा मागसमेत अगाडि सारेका छन्। निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा ब्याजदर लागू गर्न उनीहरूले माग गरेका छन्।  

बैंकहरूको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नसमेत उद्योगीले माग गरेका छन्।

byapri.jpg

माइतीघरमा भएको धर्नामा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याच्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, काभ्रे उद्योग वाणिज्य संघ अध्यक्ष राजेन्द्र पसछे, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत उपस्थित छन्।

संकटका बेला कर्जाको ब्याजमा बैंकको मनपरी संकटका बेला कर्जाको ब्याजमा बैंकको मनपरी

त्यस्तै धुलिखेल उद्योग वाणिज्य संघ, कीर्तिपुर नगर उद्योग वाणिज्य संघ, शंखरापुर नगर उद्योग वाणिज्य संघ, गोदावरी नगर उद्योग वाणिज्य संघ, चन्द्रागिरि वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ, नमोबुद्ध उद्योग वाणिज्य संघ, पनौती उद्योग वाणिज्य संघका अध्यक्षहरू उपस्थित छन्।


प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९०८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend