शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

परिस्कृत विशेषतासहित 'निटा भी' रसुवागढी आइपुग्यो, बुकिङ गरेका र नयाँ किन्न चाहनेले सहजै पाउने

images
बिहीबार , कात्तिक १७ २०७९
images
परिस्कृत विशेषतासहित 'निटा भी' रसुवागढी आइपुग्यो, बुकिङ गरेका र नयाँ किन्न चाहनेले सहजै पाउने

तर अब भने उक्त समस्या समाधान भएको र दोस्रो चरणमा प्लान्टबाट हिँडेको निटा भी रसुवागढी नाकामा आइपुगेको छ। 

images
images

काठमाडौं- सीजी मोटरले ल्याएको होजोन अटोको ब्रान्ड निटा भी विद्युतीय कार अब सहज रुपमा उपलब्ध हुने भएको छ। विगत केही सयमयता कोभिडका कारण आयातमा समस्या देखिएको थियो। तर अब भने उक्त समस्या समाधान भएको र दोस्रो चरणमा प्लान्टबाट हिँडेको निटा भी रसुवागढी नाकामा आइपुगेको छ। 

images
images
images

सीजी मोटरका अनुसार नयाँ आउने निटा भी परिस्क्रित विशेषतासहित आउने छन्। चीनको तिब्बत क्षेत्रमा कोनोनाको संक्रमण देखिएसँगै चीनले त्यहाँ हुने सबै गतिविधिमा कडाइ गरेको थियो। सोही कारण चीनबाट आउने कुनैपनि वस्तुको आयात हुन सकेको थिएन। 

images
images

अवस्था सहज भएसँगै चीनले नेपाल आउन लागेका सामानसमेत पठाउन थालेको हो। दोस्रो चरणमा ठूलै संख्यामा निटा भी रसुवागढी आइपुगेको र अब नियमित रुपमा त्यस्तै संख्यामा कार आउने कम्पनीले जनाएको छ। विगत ३ महिनायता चीनमा कोरोनाका कारण निटा भी नेपाल आउन सकेको तर अब भने त्यो समस्या समाधान भएको सीजी मोटरका सेल्स एन्ड अप्रेसन हेड दिपक थापाले बताए। 

images
images

'अब चीनबाट नियमित रुपमा निटा भी कार नेपाल आउने अवस्था बनेको छ,' थापाले भने, 'परिस्क्रित भएर निटा भी रस्वागढी आइपुगेको र एक दुई दिनमै काठमाडौं आइपुग्ने छ। यसअघि बुकिङ गरेका र अब निटा भी किन्न चाहनेले तत्काल कार खरिद गर्न सक्ने छन्।'

neta rasuwagadi.PNG

विद्युतीय कारमा सरकारले कर सहुलियत दिएको, फाइनान्सिङ सुविधा ८० प्रतिशतसम्म रहेको र पेट्रोलियम कारको आयात प्रतिबन्ध हुनुले विद्युतीय कारको माग बढ्दै गइरहेको छ। सीजी मोटर्सले नेपाली बजारमा ल्याएको चिनियाँ कम्पनी होजोन अटोको विद्युतीय कार ब्रान्ड निटाको भी मोडल भित्रिएको छोटो समयमै लोकप्रिय भएको छ र हुनेक्रममा रहेको छ। 

चीनबाट आपूर्ति बढ्न थालेसँगै उपभोक्ताले चाहेअनुसार निटा भी खरिद गर्न सक्ने सीजी मोटरले जनाएको छ। 

निटा ब्रान्ड पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। 

सीजी मोटर्सले ‘सीजीरिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको जनाएको छ। होजोनले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले भरिएको छ। 

निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। 

neta v.jpg

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ। नेपाली बजारमा निटा भी यसअघि ५ रंगमा उपलब्ध छ रहेकोमा थप केही रंगमा उपलब्ध हुनेछ। निटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले असोजको ६ देखि ९ गतेसम्म आयोजना गरेको ‘नाडा ईभी एक्सपो २०२२’ मा निटा भीमा उपभोक्ताको राम्रो आकर्षण देखिएको थियो। 

हाल निटा भी उपलब्ध गराएको सीजी मोटरले अबको केही समयपछि निटा यू प्रो र निटा एस पनि नेपाली उपभोक्तालाई उपलब्ध गराउने बताएको छ। सीजी मोटरले विद्युतीय कारका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा चार्जिङ पूर्वाधारमा लगानी बढाउँदै लगेको छ। सुरुवाती चरणमा काठमाडौंसहित देशका मुख्य सहर र हाइवेहरुमा चार्जिङ नेटवर्क निर्माण गरिरहेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend