काठमाडौं- नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल माकेटिङ प्रालिले आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले एक कार्यक्रम गर्ने भएको छ। एनजीएमले हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेका ग्राहकहरुलाई माथिल्लो मुस्ताङ लोमाङथान भ्रमण गराउने भएको हो।
एनजीएमले यहि कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्सपल्स २०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु गरेको हो। सो यात्रा काठमाडौं-पोखरा-लेते-जोमसोम-मुक्तिनाथ-लोमाङथान हुदै करिब ९०० किमिको हुनेछ।
नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले टेकुमा रहेको हिरोको शोरुमा कात्तिक १६ बुधबार हिरोको झण्डा फहराएर यात्राको सुरु गरेका हुन्।
सो अवसरमा ज्योतिले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ मोटरसाइकल अनुरोध गरेका थिए। जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई आग्रह गर्दै हिरोको एक्सपल्स २०० मा एडभेन्चर यात्रा उल्लसमय हुने विश्वास व्यक्त गरे।