काठमाडौं- बुधबार नेपाल बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छाापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।