बिहीबार , मंसिर १३ गते २०८१    
images
images

अत्यधिक भीडले जनकपुरधाम अस्तव्यस्त

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १३ २०७९
images
images
अत्यधिक भीडले जनकपुरधाम अस्तव्यस्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकाले सडकमा बढेको भीडभाड व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए। 

images
images

काठमाडौं- मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आज अस्तव्यस्त बनेको छ। छठ पर्वको मुख्य दिन आज ‘साँझको अर्घ्य’ परेकाले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो।

images
images
images

बजारमा मानिस र सवारीसाधनको अत्यधिक भीड बढे पनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन। सहरका मुख्यचोकमा अत्यधिक भीड देखिएको छ। पोखरी घाटहरूमा जाने बजारका मूल सडकहरू पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ।

images

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकाले सडकमा बढेको भीडभाड व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए। 

images

उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्र १५ ट्राफिक प्रहरी खटाइएको बताए। उता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्र म्यादी र जनपद गरी चार सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend