बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

आयात र निर्यात दुवै घट्यो

images
आइतबार, कात्तिक १३ २०७९
images
images
आयात र निर्यात दुवै घट्यो

भन्सार विभागका अनुसार चालु आवको ३ महिना साउनदेखि असोजसम्ममा गत आवको सोही अवधिको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तथा निर्यात दुवै घटेको छ।

images
images

भन्सार विभागका अनुसार चालु आवको तीन महिना साउनदेखि असोजसम्ममा गत आवको सोही अवधिको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो।

images
images

यसैगरी निर्यात पनि गत आवको  पहिलो ३ महिनाको तुलनामा चालु आवको पहिलो ३ महिनामा ३५.७१ प्रतिशतले घटेको छ।

images
images
images

चालु आवको तीन महिनामा नेपालले ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। गत आवको सोही अवधिका नेपालले ४ खर्ब ७८ अर्बको सामान आयात गरेको थियो।

यसैगरी नेपालले चालु आवको ३ महिनामा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। नेपालले गत वर्षको सोही अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।

यसै गरी कुल वैदेशिक व्यापारमा पनि १८.५४ ले कमी आएको छ भने नेपालको वैदेशिक व्यापार घाटा १३.१३ प्रतिशतले कमी आएको छ।


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend