बिहीबार , असोज ३ गते २०८१    
images
images

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १३ २०७९
images
images
अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ।

images
images

कालिकोट- गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझै खुल्न सकेको छैन। करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझै खुल्न नसकेको हो। 

images
images
images

उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ। 

'निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन', निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भने, 'स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन।'

पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नएको उनको भनाइ छ। उनले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताए। 

images

'हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन', हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बीरेन्द्र यादवले भने, 'पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन्।'

कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका-५ स्युनाका रजबहादुर शाहीले बताए।

कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend