बिहीबार , असोज ३ गते २०८१    
images
images

देउसीबाट संकलित रकम विपद व्यवस्थापन कोषमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १३ २०७९
images
images
देउसीबाट संकलित रकम विपद व्यवस्थापन कोषमा

हालसम्म प्राकृतिक प्रकोपमा परेका सोल्माका अशक्त व्यक्ति तथा परिवारलाई १ लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ।

images
images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख रुपैयाँ नाघेको छ। विसं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको ४२ हजार रुपैयाँ जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष चार लाख ६१ हजार ३२५ पुगेको हो।

images
images
images

तीन लाख ५० हजार मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी/भैलो कार्यक्रमबाट एक लाख ११ हजार ३२५ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ पुगेको वडाध्यक्ष एवम् कोष सञ्चालक समितिका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिए।

'आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवम् मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ', उहाँले भन्नुभयो, 'देउसीको दानबाट शुरु गरिएको कोषलाई वृद्धि गर्दै आगामी दिनमा कम्तिमा ५० लाख मुलधन पुर्‍याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।'

हालसम्म प्राकृतिक प्रकोपमा परेका सोल्माका अशक्त व्यक्ति तथा परिवारलाई १ लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ। दुबै मिर्गौला फेल (काम नलाग्ने) भएका स्थानीय राजकुमार राईलाई दश हजार, आगलागी पीडित कर्मबहादुर राईलाई पाँच हजार र मिर्गौला रोगी ध्रुबबहिनी राईलाई तीन हजार प्रदान गर्दै चार वर्षअघि विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो।

images

यस वर्षको तिहारमा एक दिन खेलिएको देउसी/भैलो कार्यक्रमबाट कोषको मुलधन साढे चार लाख नाघेको जनाइएको छ। आगामी वर्षको तिहारमा कम्तिमा पनि दुई दिन देउसी/भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष राईले बताए। रासस 


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend