बिहीबार , असोज ३ गते २०८१    
images
images

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ९ २०७९
images
images
अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’जडान

यसैबीच नगरपालिकाले मङ्गलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको छ । २०७५ सालको पुस महिनामा जडान गरिएको उक्त बोर्डले चोकको सुन्दरता बिगारेको बताइएको छ । 

images
images

सहजपुर- पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिका स्थित उक्त चोक  निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो । 

images
images
images

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ ।  हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफै खुल्ने र बन्द हुने प्रविधिको छ । 

अत्तरिया चोकमा  ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जर्गेना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ ।

वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताए। 'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने। 

images

यसैबीच नगरपालिकाले मङ्गलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको छ । २०७५ सालको पुस महिनामा जडान गरिएको उक्त बोर्डले चोकको सुन्दरता बिगारेको बताइएको छ । 

बिलबोर्ड जडानका लागि २०७४ सालमै क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता भएको जनाइएको छ । चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले चोकमा सिसी क्यामरा, स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामग्री डिस्प्ले गरिने जनाइएको थियो । त्यसका साथै कम्पनीले चोकमा रहेको उद्यानको सजावट, ट्राफिक बुथ, सोलार प्रतिक्षालय र सडक लाइट पनि जडान गर्ने सम्झौतमा उल्लेख गरिएको थियो । त्यति मात्रै नभइ चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले नगरपालिकालाई राजस्व तिर्नेसमेत सम्झौतामा उल्लेख छ । तर सम्झौता अनुसार कम्पनीले काम नगर्दा चोक नै कुरुप बनेको थियो । 

नगरवासीले चोकको बिलबोर्ड हटाउन पटक–पटक माग राख्दै आएका थिए । नगरप्रमुख भट्टले नगरवासीको माग बमोजिम चोकको बिलबोर्ड हटाइएको जानकारी दिए। 
रासस


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend