शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

२०२१ मा सर्वाधिक सवारी साधन उत्पादन गर्ने १० मुलुक

images
शुक्रबार, कात्तिक ११ २०७९
images
२०२१ मा सर्वाधिक सवारी साधन उत्पादन गर्ने १० मुलुक

२०२१ मा चीनले सबैन्दा धेरै २ करोड ८ लाख वटा सवारीसाधन उत्पादन गरेको छ। चीन संसारको सबैभन्दा धेरै कार बिक्री हुने देशमा समेत पर्छ।

images
images

काठमाडौं- संसारभर सवारी साधनको माग र उत्पादन उल्लेख्य संख्यामा हुने गरेको छ। निजी, सार्वजनिक तथा मालबाहक सवारीको उत्पादन धेरै हुने गरेको छ। त्यसमा पनि निजी सवारी वा कारको उत्पादन तथा बिक्रीको हिस्सा सबैभन्दा बढी छ। 

images
images
images

कम्पनीमा सबैभन्दा धेरै सवारी उत्पादन गर्नेमा टोयोटा मोटर हो। जापानी कम्पनी टोयोटाको उत्पादन प्लान्ट जापान बाहेक अन्य मुलुकमा धेरै रहेको छ। तर देशका रुपमा भने सर्वाधिक सवारीसाधन उत्पादन गर्ने देशमा चीन रहेको तथ्यांक छ। 

images
images

२०२१ मा चीनले सबैन्दा धेरै २ करोड ८ लाख वटा सवारीसाधन उत्पादन गरेको छ। चीन संसारको सबैभन्दा धेरै कार बिक्री हुने देशमा समेत पर्छ। चीनमा चिनियाँ कम्पनीसहित विश्वका सबैजसो ठूला सवारी उत्पादक कम्पनीले स्थानीय साझेदारसँगको संयुक्त उपक्रममा कार उत्पादन गर्दै आएका छन्। 

images
images

चीनपछि धेरै कार उत्पादन हुने देशमा अमेरिका रहेको छ। २०२१ मा अमेरिकामा ९१ लख ६० हजार वटा सवारीसाधन उत्पादन भएका छन्। अमेरिका अर्को धेरै निजी कार बिक्री हुने देशमा पर्दछ। 

तेस्रो धेरै कार उत्पादन हुने देशमा जापान पर्दछ। जपान विश्वको सबैभन्दा धेरै कार उत्पादन गर्ने कम्पनी टोयोटा, अन्य कम्पनी होन्डा, निसान, सुजुकी, मित्सुबिसी, माज्दालगायत कम्पनी भएको देश हो। 

त्यस्तै नेपालको अर्को छिमेकी मुलुक भारत धेरै कार उत्पादन हुने देशको चौथो स्थानमा रहेको छ। भारतमा जापानी कम्पनी सुजुकीको बहुमत स्वामित्व रहेको मारुती सुजुकीले सर्वाधिक कार उत्पादन तथा बिक्री गर्दै आएको छ। सुजुकीका कार नेपाली बजारमा समेत राम्रो संख्यामा बिक्री हुने कारमा पर्दछ। त्यस्तै भारतमा टाटा, महिन्द्रा, हुन्डाई, कियालगायत ब्रान्डका सवारीसाधन उत्पादन तथा बिक्री हुँदै आएको छ। 

यी हुन् २०२१ मा सर्वाधिक कार उत्पादन गर्ने १० देश 

चीन २ करोड ८ लाख 

अमेरिका ९१ लाख ६० हजार 

जापान ७८ लाख 

भारत ४३ लाख ९० हजार

दक्षिण कोरिया ३४ लाख ६० हजार

जर्मनी ३३ लाख 

मेक्सिको ३१ लख ४० हजार

ब्राजिल २२ लाख ४० हजार

स्पेन २० लाख ९० हजार

थाइल्यान्ड १६ लाख ८० हजार


प्रकाशित : शुक्रबार, कात्तिक ११ २०७९०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend