बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

१ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन ईभी सार्वजनिक, ३ मिनेटमै रिफिल 

images
बुधबार, कात्तिक ९ २०७९
images
images
१ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन ईभी सार्वजनिक, ३ मिनेटमै रिफिल 

होपिमको हाइड्रोजन ईभीको उत्पादन भने २०२५ बाटमात्र हुनेछ। यद्यपी होपिमले युरोपमा ६ सय ५६ युरोमा बुकिङ लिइरहेको छ। 

images
images

काठमाडौं- एक कम्पनीले १ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन विद्युतीय कार सार्वजनिक गरेको छ। फ्रान्सेली कम्पनी होपिम मसिनाले उक्त हाइड्रोजन कार सार्वजनिक गरेको हो। 

images
images

होपिमले पेरिम मोटर शोमा होपिमले एक ट्याक हाइड्रोजनले १ हजार किलोमिटर रेन्ज दिने कार ल्याएको हो। यो कारमा ३ मिनेटमै हाइड्रोजन रिफ्युल गर्न सकिने दाबी कम्पनीले गरेको छ। 

images
images

होपिमको कार उत्पादन प्लान्ट फ्रान्सको भेर्ननमा रहेको छ। उक्त प्लान्टबाट वार्षिक २० हजार कार उत्पादन हुने कम्पनीले जनाएको छ। होपिमको हाइड्रोजन ईभीको उत्पादन भने २०२५ बाटमात्र हुनेछ। यद्यपी होपिमले युरोपमा ६ सय ५६ युरोमा बुकिङ लिइरहेको छ। 

images
images
images

कार उत्पादन हुनुपूर्व होपिमले बुकिङ गर्न उपभोक्तालाई बोलाएर कारबारे जानकारी गराउने छ। यो कारको हाइड्रोजन रिफिल हुन ३ मिनेट लाग्ने र विद्युत स्टोर गर्न साना आकारको ब्याट्री समेत हुनेछ। यो कारले एक ट्यांक हाइड्रोजनबाट १ हजार किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

यो कारमा भएको मोटरले ४ सय ९३ एचपी पावर जेनेरेट गर्ने छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५ सेकेन्डभन्दा कम समयमा तय गर्नेछ। 

४ सिट क्षमताको विलाशी यो कारको डिजाइन फेलिक्स गोडवार्डले गरेको हो। यही कम्पनीले गरेको इन्टेरियर डिजाइ पोस्र्च, लुसिड तथा टेस्ला लगायतका कारमा समेत हुँदै आएको छ। होपिमको हाइड्रोजन ईभीको पुरै ड्यासबोर्ड स्क्रिनयुक्त रहेको छ। 

होपिमले उक्त कारको मूल्य करिब १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने अनुमान गरिएको छ। यो मूल्य अनुमानित भएको र मूल्य परिवर्तन (थप/घट) हुने विषय भएको कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend