बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

१५ दिनपछि खुल्यो नाग्म-गमगढी राजमार्ग 

images
आइतबार, कात्तिक ६ २०७९
images
images
१५ दिनपछि खुल्यो नाग्म-गमगढी राजमार्ग 

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ।

images
images

जुम्ला- कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म-गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ। उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो। 

images
images

सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो। नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको थियो।

images
images

सो गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म करिब आठ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिराले क्षति गरेको थियो। सो पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो। 

images
images
images

नाग्म-गमगढी राजमार्गको ९३ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएको कार्यालयका इन्जिनियर गणेश भक्रीले बताए। हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ।

थप मर्मतको काम जारी छ। सडक सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकलाई रारा ताल पुग्न सहज भएको बताइएको छ।  रासस


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend