काठमाडौं- गोयन्का समूहको स्टिल उद्योग एभरेष्ट रोलिङको ब्यापार पछिल्ला वर्षमा बढिरहेको छ।
ऋण लिनका लागि रेटिङ गराएको कम्पनीको प्रकाशित तथ्यांक अनुसार पछिल्लो दुई आर्थिक वर्षमा व्यापारमा वृद्धि देखिएको छ।
आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको कम्पनीले गएको वर्ष १ अर्ब ७३ करोडको ब्यापार गरेको थियो। चालु वर्ष व्यापार २ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। यो वर्ष व्यापारमा वृद्धि भएपनि बढ्दो लागतले मार्जिन तथा कूल व्यापार हुने नाफा घट्ने प्रक्षेपण गरिएको छ।
पछिल्लो समय ऋणको ब्याजदरमा उच्च वृद्धि तथा कच्चा पदार्थको मूल्यमा आएको उछालले नाफामा पनि प्रभाव पार्ने विश्लेषण रेटिङ एजेन्सीको छ।
चालीस वर्ष पुरानो यो कम्पनीले विभिन्न रड उत्पादन गर्दै आएको छ।