बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

काभ्रेका मतदाता भन्छन्- अरु केही चाहिन्नँ, लालपुर्जा दिलाइदिनु

images
आइतबार, कात्तिक ६ २०७९
images
images
काभ्रेका मतदाता भन्छन्- अरु केही चाहिन्नँ, लालपुर्जा दिलाइदिनु

लापुर्जाबारे फलाँटेमा प्रतिनिधिसभा क्षेत्र नं २ का शिवप्रसाद हुमागाईँसहितको टोलीले शनिबार दिनभर स्थानीयसँग छलफल नै गरेको थियो । स्थानीयका एउटै माग लालपुर्जा दिलाइदिनुनै रहेको थियो ।

images
images

काभ्रे-  सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ । भुम्लुमा स्थानीबयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन् । 

images
images

'हामीलाई अरु केही चाहिन्नँ, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्', स्थानीय सन्त तामाङले उम्मेदवारसँगको भेटघाटमा भने। उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरे।  उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए/गरेका विकासका काम तथा अबको आवश्यकताका बारे चासो दिइरहेको छ ।

images
images

लापुर्जाबारे फलाँटेमा प्रतिनिधिसभा क्षेत्र नं २ का शिवप्रसाद हुमागाईँसहितको टोलीले शनिबार दिनभर स्थानीयसँग छलफल नै गरेको थियो । स्थानीयका एउटै माग लालपुर्जा दिलाइदिनुनै रहेको थियो । हुमागाईँ र प्रदेशसभा (क)का उम्मेदवार लक्ष्मण लम्सालले आफूहरू लालपुर्जाको समस्याप्रति निकै गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरे। स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए। 

images
images
images

छयालीस वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास भए पनि हालसम्म कसैले लालपुर्जा पाउन सकेका छैनन् ।

नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहनुभएका हुमागाईँले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आएका छन्।  निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचासंहिताअनुसार आफू घरदैलोमा केन्द्रित रहेको उनले बताए।

छयालीस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेपछि स्थानीयले जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएपछि छुट्टै नीतिको माग गर्दै आएका छन् । लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको बताइन्छ । यसपछि गाउँपालिकाको ७ र ८ नं वडामा जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । लालपुर्जा नहुँदा स्थानीयले भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए । 

रासस


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend