शुक्रबार, चैत १६ गते २०८०    
images
images

ओलाको सस्तो स्कुटर ‘एसवान एयर’ सार्वजनिक : एकपटकको फुल चार्जमा १०१ किमि रेन्ज, मूल्य कति?

images
images
ओलाको सस्तो स्कुटर ‘एसवान एयर’ सार्वजनिक : एकपटकको फुल चार्जमा १०१ किमि रेन्ज, मूल्य कति?

ओला एसवान एयर नाम दिइएको उक्त स्कुटर भारतीय बजारमा ७९ हजार ९ सय ९९ भारुमा सार्वजनिक भएको छ।

images
images

काठमाडौं- भारतको चर्चित स्टार्टअप कम्पनी ओलाले सस्तो मूल्यमा नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। ओला इलेक्ट्रिकले शनिबार नयाँ स्कुटर सार्वजनिक गरेको हो।

images
images
images

ओला एसवान एयर नाम दिइएको उक्त स्कुटर भारतीय बजारमा ७९ हजार ९ सय ९९ भारुमा सार्वजनिक भएको छ। उक्त स्कुटर भारतीय उपभोक्ताले ९ सय ९९ भारुमा अनलाइनबाट बुकिङ गर्न सक्ने छन्।

images

ओलाले ल्याएको स्कुटर मध्ये एसवान एयर सबैभन्दा सस्तो विद्युतीय स्कुटर हो। ओला एसवानको सस्तो भर्सनको एसवान एयरले पेट्रोल स्कुटरका उपभोक्तालाई आकर्षिक गर्ने गरि ल्याएको दाबी कम्पनीले गरेको छ। ओला एसवानबाट पूर्ततः प्रभावित भएको एसवान एयरमा पुरानो जस्तै भएपनि परिवर्तन भएको मुख्य कुरा भनेको डुअल टोन कलर हो। 

images
images

एसवान एयरमा ४.५ किलोवाटको मोटर रहेको छ भने २.५ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। यो स्कुटरले एकपटकको फुल चार्जमा १ सय १ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। एसवान एयरको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ। 

एयरको मुख्य विशेषताहरुमा ७ इन्चको डिजिटल एस्ट्रुमेन्ट क्लस्टर, २.२ गिगाहर्ज८ कोर प्रोसेसर, ३ जीपी ¥याम, नेभिगेसन, मल्टिपल मोडलगायत छन्। इको, नर्मल र स्पोर्टस मोडमा उपलब्ध यो स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ९.३ सेकेन्डमै भेट्ने दाबी ओलाले गरेको छ। 

त्यस्तै यो स्कुटर साढे ४ घण्टामा शून्यबाट  १०० प्रतिशत चार्ज हुन सक्छ। ओलाले यो स्कुटर बिक्रीका लागि २०२३ को अप्रिलमा बजारमा आउने बताएको छ। ओलाको यो स्कुटरको मुख्य प्रतिस्पर्धीका रुपमा हिरो, ओकिनावा, एम्पियरलगायत ब्रान्डका स्कुटरसँग हुनेछ। 

ओलाका स्कुटर नेपाली बजारमा समेत औपचारिक रुपमा भित्रि सकेको छ। सीजी मोटरले नाडा ईभी एक्सपो २०२२ मा ओलाको स्कुटर नेपाल ल्याएको हो।

बिक्रीका लागि भने अबको केही समयपछि मात्र बजारमा आउने कम्पनीले जनाएको छ। ओलाको सस्तो एसवान एयरपनि भारतमा बिक्री सुरु भएको केही समयमै नेपाली बजारमा आउने कम्पनीको भनाइ छ। 

images

प्रकाशित : शनिबार, कात्तिक ५ २०७९१२:१७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ