बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली, कारोबार बढन् थाल्योे

images
शनिबार, कात्तिक ५ २०७९
images
images
डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली, कारोबार बढन् थाल्योे

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ।

images
images

काठमाडौं- प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ। 

images
images

पछिल्ला दिनमा  विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो। कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ। राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो।

images
images

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आवको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम कनेक्ट आइपीएसमार्फत कारोबार भएको छ। कनेक्ट आइपीएसको माध्यमबाट अघिल्लो आवको भदौ महिनामा दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै चालु आवको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ। सो माध्यमको  प्रयोग गरी अघिल्लो आवको भदौमा ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो।

केन्द्रीय बैंकको तथ्यांकअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो।

पछिल्लो समय कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ।

गत आवको भदौ महिनाको तुलनामा चालु आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ। बैंकका अनुसार गत आवको भदौमा पाँच अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालु आवको भदौ मसान्तसम्ममा १५ अर्ब दुई करोड ८० लाख बराबरको भुक्तानी भएको छ।

त्यस्तै भदौमा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ। गत भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड चार लाखभन्दा बढीको कारोबार भएको थियो।

यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालु आवको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने एक अर्ब ३१ करोडले कमी आएको छ। यसैगरी गत आवको भदौमा एटीएमको प्रयोगबाट ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालु आवको भदौमा कारोबार वृद्धि भइ ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक ५ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend