बिहीबार , असोज ३ गते २०८१    
images
images

गाईपालनले बनायो आत्मनिर्भर

images
शनिबार, कात्तिक ५ २०७९
images
images
गाईपालनले बनायो आत्मनिर्भर

अहिले उनको फार्ममा २५ गाई छन्। उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताउँछन्।

images
images

दोधारा चाँदनी- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन। 

images
images
images

केही खर्च गर्नु परे पनि श्रीमान्को तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाए। भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर एक लाख रुपैयाँमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाईपालनमा लागेका उन अहिले लाखौँको कारोबार गर्छन् ।

'श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमान्कै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ', उनले भने, 'अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु।' पाँचवटा गाईबाट सुरुआत गरेका उनले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गए। घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरे।

अहिले उनको फार्ममा २५ गाई छन्। उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताउँछन्। 'दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफैँ स्कुटर चलाएर जाने गर्छु', उनले भने, 'स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पुर्‍याउँछु।'

images

एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताए। 'घरमा बिना काम बस्नुभन्दा त केही गराैं भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ', उनले भने, 'मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन्।' उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरे।

'गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ', उनले थपे, 'आँट गरेर केही काम गरे सफल भइने रहेछ।' अहिले उनले गाईमात्र नभएर बाख्रापालनसमेत गरेका छन्। बाख्रापालनमा समेत राम्रो सम्भावना देखेका उानले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाएका छन्। 'अहिले २० वटा छन्, पछि बाख्रा थप्ने योजना बनाएकी छु', उनले भने, 'हामीले जति मेहनत गरे पनि मूल्यांकन हुँदैन।'

उनले गाउँमा दुईचार गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गरे। 'कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन', उनले गुनासो गर्दै भने, 'हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन।' रासस


प्रकाशित : शनिबार, कात्तिक ५ २०७९१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend