बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

भदौमा ८.६४ प्रतिशत पुग्यो मूल्यवृद्धि 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ४ २०७९
images
images
भदौमा ८.६४ प्रतिशत पुग्यो मूल्यवृद्धि 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि तथाम नेपालमा आइरहेको चुनावका कारणले अझै उकालो लाग्नसक्ने प्रक्षेपण भइरहेका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। 

images
images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्षको भदौको तुलनामा यो वर्षको भदौमा मूल्यवृ‌द्धि ८.६४ प्रतिशतले भएको छ। 

images
images

गत वर्षको भदौमा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत रहेको छ। गत वर्षको मंसिरमा उकालो लागेको मूल्यवृद्धि त्यसपछि निरन्तर बढीरहेको छ। साउनमा केही घटेपनि फेरि उकालो लागेको छ। 

images
images
images

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि तथाम नेपालमा आइरहेको चुनावका कारणले अझै उकालो लाग्नसक्ने प्रक्षेपण भइरहेका छन्। 

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा धेरै फलफूल १७.२९ प्रतिशत, घ्यू तथा तेल १४.५३, रेष्टुरेण्ट तथा होटलको १२.३० र तरकारीको मूल्य ९.९४ प्रतिशतले बढेको छ। 

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मूल्यमा उच्च वृद्धि भएको छ। 

 


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend