बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

सूर्यग्रहण : स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

images
शुक्रबार, कात्तिक ४ २०७९
images
images
सूर्यग्रहण : स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।

images
images

काठमाडौं- कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मंगलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

images
images

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चांगमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ।

images
images

यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ। 

images
images
images

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ। दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।

नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ। बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ। शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि नै बाल, वृद्ध र आतुरबाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चांग)मा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend