आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

तिहारका लागि भारतबाट धरान भित्र्याइयो दुई लाखवटा तयारी माला

images
बिजनेस न्युज
images
images
तिहारका लागि भारतबाट धरान भित्र्याइयो दुई लाखवटा तयारी माला
images
images

धरान- धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन्। कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान-१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर (शितघर) मा भण्डारण गरेका छन्।  

images
images
images

हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए। 

images

यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन्। विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाइ थियो। 

images

उनका अनुसार गत वर्ष रु एक करोड ६२ लाख फूलको व्यापार भएको थियो  तर यस वर्ष रु दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। 'ती फूलका माला प्रतिगोटा ४०-५० रुपैयाँ पर्न सक्छ। नेपाल यस क्षेत्रमा समयमै  फूल नफुलेकाले ती माला प्रतिगोटा एक सय रुपैयाँसम्म पर्न सक्छ', भट्टराईले भने।

images
images

बढी  फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ। तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ। यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले  काम नदिएको व्यवसायी विमल थापाले बताए। रासस 

images

प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९१०:३२
प्रतिक्रिया दिनुहोस