बिहीबार , वैशाख १३ गते २०८१    
images
images

मोटरसाइकल व्यापारमा बजाज र होन्डा प्रतिस्पर्धा गर्दै; यामाहा बजार हिस्सा बढाउँदै, टीभीएस गुमाउँदै

images
images
images
मोटरसाइकल व्यापारमा बजाज र होन्डा प्रतिस्पर्धा गर्दै; यामाहा बजार हिस्सा बढाउँदै, टीभीएस गुमाउँदै

०७८/७९ मा यामाहाले नेपाली बजारमा ५० हजार २ सय वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको हो। चौथो स्थानमा पुगेको टीभीएसले सोही वर्ष ४४ हजार ४ सय २३ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको तथ्यांक छ। 

images
images

काठमाडौं- दुईपांग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) को बिक्रीमा विभिन्न ब्रान्डबीच प्रतिस्पर्धा रहँदै आएको छ। सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्डमा बजाज र होन्डाबीच रोचक प्रतिस्पर्धा हुने गरेको छ। बजाज र होन्डाबीच पहिलो को हुने भन्ने प्रतिस्पर्धा कायमै रहँदा यामाहाले भने आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ।

images
images
images

विगत केही वर्ष होन्डा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल तथा स्कुटर ब्रान्ड थियो। तर पछिल्लो दुई वर्षयता बजाजले होन्डालाई पछि पारेको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ मा २ लाख ७५ हजार ३ सय मोटरसाइकल तथा स्कुटरमध्ये ६९ हजार ४ सय ६१ वटा मोटरसाइकल बिक्री गर्दै बजाज धेरै बिक्री गर्नेमा पहिलो स्थानमा रहेको छ। 

images

त्यस्तै होन्डाले आव २०७८/७९ मा ६४ हजार ५ सय ३६ वटा मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा बिक्री गरेको तथ्यांक छ। आव २०७७/७८ मा चौथो स्थानमा रहेको यामाहाले आफ्नो बजार हिस्सा बढाउँदै २०७८/७९ मा टीभीएसलाई पछि पार्दै तेस्रो धेरै बिक्री हुने ब्रान्ड बन्न सफल भएको छ। 

images

०७८/७९ मा यामाहाले नेपाली बजारमा ५० हजार २ सय वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको हो। चौथो स्थानमा पुगेको टीभीएसले सोही वर्ष ४४ हजार ४ सय २३ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको तथ्यांक छ। 

images
images

आव २०७७/७८ मा ३ लाख ४४ हजार ४ सय ९० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। सो वर्ष बिक्री संख्यामा ठूलै उथलपुथल भएको थियो। बजाजले आफ्नो बिक्री संख्या बढाउँँदै ९२ हजार ७ सय १९ वटा मोटरसाइकल बिक्री गरेको थियो। 

सोही वर्ष होन्डाको मोटरसाइकल तथा स्कुटर बिक्री उल्लेख्य रुपमा खुम्चिएर ६२ हजार ३ सय २३ वटामा सीमिति भएको थियो। यसको मुख्य कारण होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले बीएस फोरकै मोटरसाइकल कुर्दा आपूर्ति हुन नसकेको फाइदा अन्य कम्पनीले लिएको हो। भारतमा बीएस सिक्स लागु भएको तर नेपालमा बीएस थ्री वा त्योभन्दा माथिका सवारी आयात गर्न पाइने व्यवस्था छ। 

स्याकार ट्रेडिङले बीएस सिक्सका मोटरसाइकल तथा स्कुटर आयात दर्ता महँगो हुने तर बीएस फोरको आयात गर्दा ३ देखि ५ हजार भारु सस्तोमा पाइने भएकाले बीएस फोर नै कुरेर बस्यो। अलि बढी नाफा कुर्दा होन्डाले ठूलै परिमाणमा आफ्नो बजार हिस्सा गुमाएको थियो जुन आव २०७८/७९ मा समेत परिपूर्ति हुन नसकेको तथ्यांकले पुष्टि गरेको छ। 

आव २०७७/७८ मा यामाहाका ५६ हजार ३ सय ९८ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। गत वर्ष ०७८/७९ मा यामाहाको बिक्री ५० हजार २ सय वटा भएको तथ्यांक छ। 

आव २०७७/७८ मा टीभीएसले नेपाली बजारमा ७१ हजार १ सय वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। आव २०७८/७९ मा टीभीएसको बजार हिस्सा अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घटेर ४४ हजार ४ सय २३ वटामा सीमित भएको छ। 

एक वर्षमै ५१ प्रतिशत घट्यो टीभीएस एनटर्कको बिक्री एक वर्षमै ५१ प्रतिशत घट्यो टीभीएस एनटर्कको बिक्री

आव २०७७/७८ मा हिरोले नेपाली बजारमा ३७ हजार २ सय ६७ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। समग्रमा सबै ब्रान्डका मोटरसाइकल तथा स्कुटरको बिक्री अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा घटेको छ। तर हिरोले बजार हिस्सामा भने सुधार गरेको छ। ०७८/७९ मा हिरोले नेपाली बजारमा ३० हजार ६ सय ७८ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। 

आव २०७७/७८ मा भने भेस्पा-अप्रिलियाका ८ हजार ९ सय ५५ वटा, सुजुकीका ५ हजार ६ वटा, रोयल इनफिल्डका ७ हजार ७८ वटा, जावाका ७ सय ३० वटा, हार्टफोर्डका ३ सय १० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ। त्यस्तैगरि २ हजार ५ सय ६२ वटा अन्य ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो।

त्यसैगरि आव २०७७/७८ मा भेस्पा-अप्रिलियाका ७ हजार १ सय ५० वटा, सुजुकीका १ हजार ४ सय ४० वटा, रोयल इनफिल्डका ५ हजार ८ सय ४० वटा, जावाका १ सय ४४ वटा, हार्टफोर्डका ८४ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ। त्यस्तैगरि ३ हजार ९२ वटा अन्य ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ।  

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका सयौँ मोडलका मोटरसाइकल तथा स्कुर बिक्री हुँदै आएको छ। हिन्डाका मोटरसाइकल ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङ प्रालिले, बजाजका मोटरसाइकल गोल्छा समूह अन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनी, यामाहाका मोटरसाइकल एमएडब्लू इन्टरप्राइजेज, हिरोका मोटरसाइकल ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम), टीभीएसका मोटरसाइकल शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। 

त्यसैगरि जावाका मोटरसाइकल अग्नी समूह अन्तर्गतको अग्नी इनकर्पोरेटेड, सुजुकीका मोटरसाइक विशाल समूह अन्तर्गतको भीजी सुजुकी, रोयल इनफिल्ड त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ र भेस्पा-अप्रिलियाका मोटरसाइकल तथा स्कुटर दुगर समूह अन्तर्गतको विवेक अटोमोबाइल्सले बिक्री गर्दै आएको छ।

तर गत वर्षदेखि गिरावट आएको दुई पांग्रे सवारी बजार चालु आवमा झनै कमजोर भएको व्यवसायीहरुले बताएका छन्। चालु आवको साउन, भदौ तथा वार्षिक रुपमा सवाधिक मोटरसाइकल तथा स्कुटर बिक्री हुने दसैँको महिना असोजमा समेत बिक्री सुस्त रहेको छ। 

अघिल्ला वर्षहरुको दसैँ महिनाको तुलनामा यो वर्षको दसैँमा मोटरसाइकल तथा स्कुटरको बिक्री करिब ६० प्रतिशतले गिरावट आएको व्यवसायीहरुको भनाइ छ। यसको मुख्य कारण तरलता अभाव तथा आर्थिक मन्दीको त्रासका कारण उपभोक्ताले खरिदमा चासो नदिनु नै रहेको व्यवसायीहरु बताउँछन्।

त्यस्तै सरकारले एसेम्बल प्रयोजन बाहेक गएको बैशाखदेखि असारसम्म २५० सीसीसम्ममा र असारदेखि १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ। यसका कारण पनि केही बिक्रीमा केही कमी आएको छ। 

तत्कालीन रुपमा देखिएको आर्थिक समस्याको समाधान नहुँदासम्म मोटरसाइकल तथा स्कुटरमात्र नभइ अन्य निर्माणदेखि उपभोगसम्मका वस्तुको खपत बढ्ने देखिँदैन। 

images

प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०८:५०

प्रतिक्रिया दिनुहोस