शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कमजोर बन्दै नेपाली रुपैयाँ : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

बिहीबार , कात्तिक ३ २०७९
कमजोर बन्दै नेपाली रुपैयाँ : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ। डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो। 

काठमाडौं- अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ। डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो। 

नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ १४ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ ५४ पैसा तय गरिएको छ। 

त्यस्तै युरोको खरिद मूल्य एक सय ३० रुपैयाँ २४ पैसा र बिक्री मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा रहेको छ। पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ। विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ। तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ। 

जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ। त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ। 


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend