शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा लगातार गिरावट, कारोबारमा छैन उत्साह

बुधबार, कात्तिक २ २०७९
सेयर बजारमा लगातार गिरावट, कारोबारमा छैन उत्साह

काठमाडौं- सम्हालिने अपेक्षा देखिइरहेको सेयर बजार लगातार ओरालोमा लागिरहेको छ। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता लगातार तीन कारोबार राताम्य देखिएको छ। 

यो साता आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको थियो। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पुन: गिरावट देखिएको छ। 

बुधबार १२.८१ अंकले घटे‍र बजार १८४५.५१ बिन्दुमा झरेको छ। २३ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ६४ करोड ३६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। कारोबारमा लगातार केही दिनदेखि उत्साह देखिँदैन। 

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 

चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।


प्रकाशित : बुधबार, कात्तिक २ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend