शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सेयर बजारमा लगातार गिरावट, कारोबारमा छैन उत्साह

images
images
सेयर बजारमा लगातार गिरावट, कारोबारमा छैन उत्साह
images
images

काठमाडौं- सम्हालिने अपेक्षा देखिइरहेको सेयर बजार लगातार ओरालोमा लागिरहेको छ। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता लगातार तीन कारोबार राताम्य देखिएको छ। 

images
images
images

यो साता आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको थियो। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पुन: गिरावट देखिएको छ। 

images

बुधबार १२.८१ अंकले घटे‍र बजार १८४५.५१ बिन्दुमा झरेको छ। २३ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ६४ करोड ३६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। कारोबारमा लगातार केही दिनदेखि उत्साह देखिँदैन। 

images

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 

images
images

चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

images

प्रकाशित : बुधबार, कात्तिक २ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस