बुधबार, वैशाख १२ गते २०८१    
images
images

१ अर्ब ९ करोडको लगानीमा दुई औषधी उद्योग थपिँदै

images
images
images
१ अर्ब ९ करोडको लगानीमा दुई औषधी उद्योग थपिँदै

चितवन र झापामा उद्योग स्थापना हुने गरी दुईवटा औषधी उद्योग जेनेरिका फर्मास्युटिकल्स र युनाईटेड फर्मास्युटिकल्स दर्ता भएका हुन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामै दुईवटा नयाँ औषधी उद्योग दर्ता भएका छन्। विभागका अनुसार चितवन र झापामा उद्योग स्थापना हुने गरी दुईवटा उद्योग दर्ता भएका हुन्।

images
images
images

जसमा चितवनमा ८५ करोड ५३ लाख १८ हजार रुपैयाँमा जेनेरिका फर्मास्युटिकल्स प्रालि दर्ता भएको छ। उद्योगले ७ करोड ५० लाख ट्याब्लेट,  २५ मेट्रिक टन क्याब्सुल, झोल औषधी, २ मिलियन मलम र १ लाख ५० हजार केजी ओआरएस वार्षिक उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगमा ९४ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।

images

यसैगरी झापामा उद्योग स्थापना हुने गरी २३ करोड ५४ लाख १ हजार रुपैयाँको लगानीमा युनाईटेड फर्मास्युटिकल्स इन्ड्रष्ट्रि प्रालि दर्ता भएको छ। उद्योगले वार्षिक १२० मेट्रिक टन ट्याब्लेट र  बोलस, ५ हजार केजी ओरल पाउडर र ओरल लिक्युड ५ लाख लिटर उत्पादन गर्ने लक्ष्य लिएको छ।

images

images

प्रकाशित : बुधबार, कात्तिक २ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस