मंगलबार, वैशाख ११ गते २०८१    
images
images

काट्ने बेलाको धान गैँडाले पार्‍यो नष्ट

images
बिजनेस न्युज
images
images
काट्ने बेलाको धान गैँडाले पार्‍यो नष्ट

'निकुञ्जले प्रदान गर्ने जम्मा १० हजारले किसानको बीउको मूल्य पनि उठ्दैन, किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ।'

images
images

भरतपुर- काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ। चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो।

images
images
images

वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताइन्। उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन्। 

images

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पुर्‍याएको बताए। उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिनुभयो । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताए।

images

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताइन्। उनले भनिन्, 'पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ, सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ।'

images
images

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उनले बताइन्।

'मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रनिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन', उनले भनिन्।

नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताइन्। किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उनले एउटै हात्तीले एकै रातमा बिघौँ जग्गा नष्ट गर्ने गरेको बताइन्। 'निकुञ्जले प्रदान गर्ने जम्मा १० हजारले किसानको बीउको मूल्य पनि उठ्दैन', उनले भनिन्, 'किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ।'

नगरपालिकाले बजेटको कमीका कारण क्षतिपूर्ति दिन भन्दै उनले रिउ करिडोर निर्माण गरेर बाढी र जनावर दुवैबाट माडीवासीलाई जोगाउनुपर्ने बताइन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पुर्‍याउने गरेको बताए।  वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या आइरहेको उनको भनाइ छ।

'निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पिसीसीसहितका बार लगाइएको छ तर प्रभावकारी बन्न सकेका छैनन्', उनले भने।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए। गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा तीन करोडको राहत वितरण गरेको उनले बताए। त्यसमध्ये सबैभन्दा धेरै बालीनाली क्षतिको नै हुने गरेको आचार्यले बताए। रासस

images

प्रकाशित : बुधबार, कात्तिक २ २०७९०४:१४
प्रतिक्रिया दिनुहोस