शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बीएमडब्लूले विद्युतीय मिनिको उत्पादन बेलायतबाट किन चीन सार्दै छ?

images
images
बीएमडब्लूले विद्युतीय मिनिको उत्पादन बेलायतबाट किन चीन सार्दै छ?

सोही कारण बीएमडब्लूले ह्याचब्याक कार तथा साना एसयूभी चीनमा रहेको बाओडिङ प्लान्टबाट गर्ने सहमति गरेको छ। चीनमा मिनि एकमेन नाममा २०२४ भित्रै बजारमा आइसक्नेछ। 

images
images

काठमाडौं- जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको सब ब्रान्ड मिनिको विद्युतीय भर्सन हाल बेलायतमा हुँदै आएको छ। बेलायतको अक्सफोर्डसाइनमा रहेको मिनिको विद्युतीय कार उत्पादन आगामी वर्षबाट बन्द हुने भएको छ। 

images
images
images

बीएमडब्लूले हाल अक्सफोर्डसाइनको प्लान्टबाट वार्षिक ४० हजार मिनिको विद्युतीय कार उत्पादन गदैए आएको छ। उक्त प्लान्टको उत्पादन आगामी वर्ष बन्द हुने र २०२४ बाट मिनिका विद्युतीय कार चीनमा उत्पादन हुने कम्पनीको भनाइ छ। 

images

पहिलो विद्युतीय मिनि २०१९ को जुलाईमा अक्सफोर्डसाइनमा भएको थियो। युरोपेली बजारमा विद्युतीय मिनिको लोकप्रियता उल्लेख्य रहेको छ। 

images

बीएमडब्लूले चिनियाँ कार उत्पादक कम्पनी ग्रेटवाल मोटरसँग साझेदारी गरेको छ। सोही कारण बीएमडब्लूले ह्याचब्याक कार तथा साना एसयूभी चीनमा रहेको बाओडिङ प्लान्टबाट गर्ने सहमति गरेको छ। चीनमा मिनि एकमेन नाममा २०२४ भित्रै बजारमा आइसक्नेछ। 

images
images

बीएमडब्लूले विद्युतीय उत्पादन जर्मनीमाबाट समेत गर्ने तयारी गरेको छ। बेलायतमा रहेको प्लान्टबाट बीएमडब्लूले थ्रीडोर, फाइभडोर र कन्भर्टिवल ग्यास मिनि कुपरहरुको उत्पादन भने जारी राख्नेछ। सो प्लान्टबाट उत्पादित ती कार जापान, अमेरिकालगात बजारमा निर्यात हुनेछ। 

बीएमडब्लूले ग्यास मिनिको उत्पादन २०३० सम्म बन्द नहुने र बेलायती प्लान्टमा रहेका कामदार कटौती समेत नहुने जनाएको छ। बीएमडब्लू ब्रान्डकै विद्युतीय कार पनि बजारमा आउने क्रम रहेको छ। 

images

प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०२:२०

प्रतिक्रिया दिनुहोस