आइतबार, मंसिर ९ गते २०८१    
images
images

विश्वसनीय ब्रान्डका सस्तो मूल्यका विद्युतीय कारमा टाटा टियागो ईभी र एमजी एयर ईभीबीच रोचक प्रतिस्पर्धा हुने 

दुवै विद्युतीय कारको पर्खाइ नेपालमा पनि 

images
बुधबार, कात्तिक २ २०७९
images
images
विश्वसनीय ब्रान्डका सस्तो मूल्यका विद्युतीय कारमा टाटा टियागो ईभी र एमजी एयर ईभीबीच रोचक प्रतिस्पर्धा हुने 

यसरी विद्युतीय कार पर्खने उपभोक्ताका लागि टाटा टियागो ईभी र एमजी एयर ईभी उपयुक्त विकल्प हुनसक्छ। 

images
images

काठमाडौं- विद्युतीय सवारीको उत्पादन र प्रयोग बढ्दै जाँदा कम्पनीहरुले सस्तो र धेरै रेन्ज दिने कार बजारमा ल्याउने क्रम बढाउँदै लगेका छन्। विद्युतीय सवारीको महँगो ब्याट्री प्रविधिका कारण विगतमा कारको मूल्य पनि बढी नै थियो। 

images
images
images

हाल तुलनात्मक रुपमा विद्युतीय कारको मूल्यसमेत कम तथा प्रतिस्पर्धी हुँदै गएको छ। चीनकासाथै भारतप नि विद्युतीय सवारीमा आक्रामक हुनेगरि नीति तथा उत्पादन आइरहेका छन्। 

images

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स हाल भारतको सबैभन्दा धेरै विद्युतीय सवारी उत्पादक कम्पनी हो। करिब २ वर्षदेखि टाटाले नेक्सन ईभी उत्पादन गरि बिक्री गर्दै आएको छ। हालै टाटाले तुलनात्मक रुपमा सस्तो मूल्यमा टियागो ह्याचब्याकको विद्युतीय भर्सन सार्वजनिक गरेको हो। उक्त कारको भारतमा मात्र नभइ नेपालसहित विश्वका विभिन्न देशमा सस्तो मूल्यको उत्कृष्ट विद्युतीय कारका रुपमा चर्चा भइरहेको छ। 

images

त्यस्तै चिनियाँ कम्पनीको स्वामित्वमा रहेको बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) पनि भारतीय बजारलाई लक्षित गरेर सस्तो मूल्यको विद्युतीय कार ल्याउँदैछ। एमजीले ल्याउने सानो आकारको विद्युतीय ह्याचब्याक कार एमजी एयर र टाटा टियागो ईभीबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

एमजी एयर ईभी ३० किलोवाट र ५० किलोवाट ब्याट्री अप्सनमा आउने छ जसले एकपटकको फुल चार्जमा २ सयदेखि ३ सय किलोमिटर रेन्ज दिनेछ। भारतीय ईभी बजारमा एमजी नयाँ प्लेयर भने होइन। हाल एमजीको जेडएस ईभी भारतमा पनि बिक्री भइरहेको छ। हाल सानो संख्यामा विद्युतीय कार बिक्री गर्दै आएको एमजी अब सानो आकारको विद्युतीय कार ठूलो संख्यामा उत्पादन गरेर ठूलै लेखाडी बन्ने दाउमा रहेको छ। 

एमजीले केही महिनायता भारतमा एयर ईभीको परीक्षण गरिरहेको छ। चीनमा सर्वाधिक बिक्री हुने सानो कार विलिङमा आधारित रहेर एमजीले एयर ईभी बनाएको हो। 

सुजुकी अल्टो वा महिन्द्रा ईटूओजस्तै आकारमा एमजी एयर ईभी आउने अनुमान धेरैको छ। चीनको एसएआईसी ग्रुप अन्तर्गत एसएआईसी-जीएम-विलिङ संयुक्त उपक्रमले ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (जीएसईभी)मा आधारित रहेर चीनमा विलिङ मिनि कार बनाएका हुन्।

टाटा मोटर्सले टियागो ह्याचब्याक कारको ईभी भर्सन १९.२ केडब्लूएच र २४ केडब्डूएच ब्याट्री अप्सनमा ल्याएको हो। टियागो ईभीले एक पटकका फुल चार्जमा २५० देखि ३१५ किलोमिटरसम्म रेन्ज दिनेछ। टियागो ईभीको मूल्य भारतीय बजारमा ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार भारुसम्म तोकिएको छ। भारतमा यो कारको डेलिभरी भने २०२३ को जनवरीबाट सुरु गरिने कम्पनीले जनाएको छ। 

एमजी एयरको मूल्य ११ लाखदेखि १५ लाख भारु पर्ने अनुमान गरिएको द इकोनोमिक टाइम्सले लेखेको छ। भारतमा एमजीले गुजरातको हलोल प्लान्टबाट जेडएस ईभी उत्पादन गरिरहेको छ भने सोही प्लान्टबाट एयर ईभी पनि उत्पादन गर्नेछ। 

१९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभी कारले २ सय ५० किलोमिटर रेन्ज दिनेछ भने २४ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। टियागो ईभी रेगुलर १५ए होम सकेटमा ३.३ केडब्लू एसी चार्जर र ७.२ केडब्लू एसी चार्जरबाट शतप्रतिशत चार्ज हुन क्रमशः ३ घण्टा र ३६ मिनेट लाग्नेछ। त्यस्तै डीसी फस्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुन ५७ मिनेटमा हुनेछ। एमजी एयर ईभीको ब्याट्री प्याक तथा त्यसको चार्जिङ क्षमताबारेमा कम्पनीले सार्वजनिक गरेको छैन। 

टाटा मोटर्सले अगामी ५ वर्ष भित्रमा १० मोडलका विद्युतीय कार बजारमा ल्याइसक्ने बताएको छ। हाल भारतीय बजारमा टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा आएका छन्। २०२३ टाटाले ५० हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य राखेको छ। 

एमजीले पनि आगामी वर्ष भारतमा बिक्री हुने कुल कारको एक चौथाई विद्युतीय कार बिक्री गर्ने योजना अघि सारेको छ। 

नेपालमा पनि विश्वसनीय ब्रान्डका सस्तो मूल्यका विद्युतीय कारको पर्खाइमा रहेका उपभोक्ताको संख्या ठूलै रहेको छ। यसरी विद्युतीय कार पर्खने उपभोक्ताका लागि टाटा टियागो ईभी र एमजी एयर ईभी उपयुक्त विकल्प हुनसक्छ। 

एमजी एयर ईभीभन्दा पहिलो टाटा टियागो ईभी नेपाली बजारमा आउने अनुमान गरिएको छ। टियागो ईभी भारतमा सार्वजनिक भइसकेको र जनवरीदेखि डेलिभरी हुँदैछ। त्यसलगत्तै नेपाली बजारमा पनि टियागो ईभी आउने छ। एयर ईभी भने कहिले सार्वजनिक हुन्छ भन्ने मिति नै तय भएको छैन। तथापी भारतमा सार्वजनिक भएको केही समयपछि एयर ईभी पनि नेपाल आउने छ। 


प्रकाशित : बुधबार, कात्तिक २ २०७९०२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend