शनिबार, वैशाख १५ गते २०८१    
images
images

नेपाल भित्रियो युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’

images
images
images
नेपाल भित्रियो युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’
images
images

काठमाडौ‌ं- युरोपको चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।

images
images
images

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ।

images

स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।

images

नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’

images
images

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,’ उनले भने।

प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरणहरू उपभोक्ता-केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।

यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।’

उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।

images

प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०७:३६

प्रतिक्रिया दिनुहोस