शनिबार, वैशाख १५ गते २०८१    
images
images

करार सेवामा पदपूर्ति गर्न लागेकोमा त्रिविलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

images
images
images
करार सेवामा पदपूर्ति गर्न लागेकोमा त्रिविलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
images
images

काठमाडौं- निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।

images
images
images

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्नेलगायत कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो/होइन? भन्ने प्रश्न गरिएको छ। होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ? भनी आयोगले स्पष्टीकरण सोधेको छ।

images

images

प्रकाशित : सोमबार, असोज ३१ २०७९०१:१२

प्रतिक्रिया दिनुहोस