शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेञ्चुरीसँग एकीकृत कारोबारको तयारी हुँदा प्रभु बैंकको सेयर मूल्यमा उछाल, मर्जपछि के होला?

मंगलबार, कात्तिक १ २०७९
सेञ्चुरीसँग एकीकृत कारोबारको तयारी हुँदा प्रभु बैंकको सेयर मूल्यमा उछाल, मर्जपछि के होला?

काठमाडौं- प्रभु बैंकको सेयर मूल्य सोमबार प्रतिकित्ता ७.१० रुपैयाँ बढेर २०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्लो एक वर्षमा बैंकको सेयर मूल्य ४८ प्रतिशत घटेको छ। घटेर १९३ रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य लाभांश घोषण नजिकिएका बेला केही सुधार देखिएको हो। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरपछि अन्तिम कारोबारको तयारीमा रहेका बेला सेयर मूल्य बढेको हो।

बैंकको मंगलबार १ लाख २९ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो भने २ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक अन्तत: मर्जरमा जाने निश्चित भएको छ। दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले स्वीकृति दिएसँगै मर्जरमा जाने निश्चित भएको हो। गत महिना दुई बैंकले प्रारम्भिक सम्झौता गरेका थिए। दुई बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृति दिइसकेको छ। 

prabhu 1.JPG

दुई बैंकले १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका थिए। सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जर भएपछि २२ अर्ब चुक्तापुँजीको बैंक बन्ने छ। 

प्रभु बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९मा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आवमा बैंकले एक अर्ब ७२ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो। 

बैंकले कर्जा जोखिम व्यवस्थापन बापत छुट्याएको ३८ करोड ७९ लाख रुपैयाँ रकम रिभर्स भएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको आम्दानीसमेत बढेको छ। बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशत बढ्दा खुद फी तथा कमिसन आम्दानी करिब २७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन नाफा पनि ४७.७५ प्रतिशत बढेको हो।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्तापुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ८.३७ प्रतिशत बढेको हो भने कर्जाको विस्तारमा ८ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।  

गत आवको अन्त्यसम्म बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत छ। खुद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ।  ४.६६ प्रतिशतले मुनाफा घट्दा बैंकसँग हाल वितरणयोग्य मुनाफा  एक अर्ब ४१ करोड रुपैयाँ छ। जसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि ११ प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने अनुमान गरिएको छ।  

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। सो अवधिमा बैंकको यस्तो आम्दानी ५.३० रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ। प्रभु बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend