शुक्रबार, चैत १६ गते २०८०    
images
images

नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन, डिलरको लागि नबिल सेक्युटिज एक्लो

images
images
नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन, डिलरको लागि नबिल सेक्युटिज एक्लो
images
images

काठमाडौं- नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेको छ। ३० दिनको समयमा ४५ कम्पनीले आवेदन दिएका हुन्। 

images
images
images

नेपाल धितोपत्र बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो। जसमा आवेदन दिने आज असोज ३१ गतेसम्म समय तोकिएको थियो। बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। 

images

बोर्डले धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्‍याएको छ। यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्‍याएको छ। 

images
images

आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे–नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिनेछ। 

ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमा भने हालसम्म पनि कुनै पनि आवेदन परेको छैन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको छ। यी दुवैको आवेदन दिने समय कात्तिक १५ सम्म रहेको छ। बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि दुईवटा लाइसेन्स वितरण गर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। यसैगरी बोर्डले सेयर बोक्रर कम्पनी पनि थप्ने गरी आवेदन मागेको थियो। यसका लागि आवेदन दिन ३० दिनको समय दिइएको छ।

डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक एक्लो आवेदनकर्ता बनेको छ। नबिल बैंकको एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युटिजले आवेदन गरेसँगै नबिल डिलर सहितको लाइसेन्सकोलागि आवेदन दिएको छ। 

यसै गरी ६० करोड रुपैयाँ पुँजी सहितको ब्रोकर कम्पनीको लागि आवेदन गर्ने कम्पनी तीनवटा भएका छन्। मेगा स्टक मार्केट,सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनीको लागि आवेदन दिएको नेप्सेले जनाएको छ। बाँकी सबैले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन्।

आवेदन दिने यी हुन् ४५ कम्पनी 

आवेदन दिने कम्पनीहरू आवेदन दिने कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी,एनएमबी सेक्युरिटिज लिमिटेड,सेक्युरिटिज लिमिटेड,प्रोपर्टी बिजार्ड लिमिटेड,सेयरप्रो सेक्युरिटिज लिमिटेड,माछापुच्छ्रे सेक्युरिटिज प्रालि,एनआईसी एसिया सेक्युरिटिज लिमिटेड,सन सेक्युरिटिज प्रालि रहेका छन्। त्यस्तै पाही इन्भेस्टमेन्ट लिमिटेड,मियो सेक्युरिटिज प्रालि,मेगा स्टक ब्रोकर लिमिटेड,एलिट स्टक हाउस,इन्फिनिटी सेक्युरिटिज लिमिटेड रहेको छ। 

इन्डेक्स सेक्युरिटिज लिमिटेड,जेबीएनएल सेक्युरिटिज लिमिटेड,प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे,आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड,एसपीएसबी सेक्युरिटिज लिमिटेड,नबिल सेक्युरिटिज लिमिटेड,शुभकामना सेक्युरिटिज प्रालि,ट्रेडमो सेक्युरिटिज प्रालि,सानिमा सेक्युरिटिज लिमिटेड,आकाशभैरव सेक्युरिटिज लिमिटेड,हिमालयन सेक्युरिटिज लिमिटेड,क्यापिटल हब प्रालि रहेका छन्। 

गरिमा सेक्युरिटिज लिमिटेड,स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड,हातेमालो फानान्सियल सर्भिसेज प्रालि,सीबीआईएल सेक्युरिटिज,इगल स्टक इक्विटी प्रालि,इन्दिरा सेक्युरिटिज प्रालि,ब्ल्युचिप सेक्युरिटिज लिमिटेड,मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड,सनी सेक्युरिटिज कम्पनी लिमिटेड,सजिलो ब्रोकर कम्पनी लिमिटेड लगायत छन्।

images

प्रकाशित : सोमबार, असोज ३१ २०७९११:३७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ