शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कमजाेर सूचकमा पनि रेकर्ड बनाउँदै अभियान लघुवित्त, कति रुपैयाँसम्म पुग्ला? (यस्ताे छ वित्तीय विवरण)

सोमबार, असोज ३१ २०७९
कमजाेर सूचकमा पनि रेकर्ड बनाउँदै अभियान लघुवित्त, कति रुपैयाँसम्म पुग्ला? (यस्ताे छ वित्तीय विवरण)

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार सुरु भएको १० दिन पूरा भएको छ। कम्पनीको प्रतिकित्ता ८०८ रुपैयाँमा सोमबार अन्तिम कारोबार भएको छ। साेमबार पनि कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता ७३ रुपैयाँले बढेकाे हाे।

कम्पनीको सोमबार पनि सकारात्मक सर्किट लाग्दा झन्डै १० प्रतिशतले सेयर मूल्य बढेको हो। कम्पनीको पहिलो कारोबार ३१६ रुपैयाँमा भएको थियो। त्यसयता लगातार बढेको सेयर मूल्य अहिलेसम्म प्रतिकित्ता ४९१ रुपैयाँले बढीसकेको छ। कम्पनीले गत साउनमा साधारण सेयर (आईपीओ) जारी गरेको थियो। 

abhiyan.JPG

लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएकोमा गोलाप्रथाबाँट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनालाई कम्पनीको आईपीओ प्राप्त गरेका थिए। हाल १५ करोड २५ लाख चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात २५ करोड पुग्नेछ।

कम्पनीकाे प्रतिसेयर आम्दानी ७‍१८ रुपैयाँ रहेकाे छ। भने पीई रेसियाे १११.२९ गुणाहुँदा बुक भ्यालु ११२.५६ रुपैयाँ रहेकाे छ।


प्रकाशित : सोमबार, असोज ३१ २०७९०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend