शनिबार, वैशाख ८ गते २०८१    
images
images

कमजाेर सूचकमा पनि रेकर्ड बनाउँदै अभियान लघुवित्त, कति रुपैयाँसम्म पुग्ला? (यस्ताे छ वित्तीय विवरण)

images
images
कमजाेर सूचकमा पनि रेकर्ड बनाउँदै अभियान लघुवित्त, कति रुपैयाँसम्म पुग्ला? (यस्ताे छ वित्तीय विवरण)
images
images

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार सुरु भएको १० दिन पूरा भएको छ। कम्पनीको प्रतिकित्ता ८०८ रुपैयाँमा सोमबार अन्तिम कारोबार भएको छ। साेमबार पनि कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता ७३ रुपैयाँले बढेकाे हाे।

images
images
images

कम्पनीको सोमबार पनि सकारात्मक सर्किट लाग्दा झन्डै १० प्रतिशतले सेयर मूल्य बढेको हो। कम्पनीको पहिलो कारोबार ३१६ रुपैयाँमा भएको थियो। त्यसयता लगातार बढेको सेयर मूल्य अहिलेसम्म प्रतिकित्ता ४९१ रुपैयाँले बढीसकेको छ। कम्पनीले गत साउनमा साधारण सेयर (आईपीओ) जारी गरेको थियो। 

images
abhiyan.JPG

लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

images

उक्त आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएकोमा गोलाप्रथाबाँट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनालाई कम्पनीको आईपीओ प्राप्त गरेका थिए। हाल १५ करोड २५ लाख चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात २५ करोड पुग्नेछ।

images
images

कम्पनीकाे प्रतिसेयर आम्दानी ७‍१८ रुपैयाँ रहेकाे छ। भने पीई रेसियाे १११.२९ गुणाहुँदा बुक भ्यालु ११२.५६ रुपैयाँ रहेकाे छ।

images

प्रकाशित : सोमबार, असोज ३१ २०७९०९:४२

प्रतिक्रिया दिनुहोस