शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा निरन्तर ओरालो, ५१ करोडको मात्र कारोबार

सोमबार, असोज ३१ २०७९
सेयर बजारमा निरन्तर ओरालो, ५१ करोडको मात्र कारोबार

काठमाडौं- चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता भने ओरालो यात्रा देखिइरहेको छ। 

आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको छ। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको छ। सोमबार ५१ करोड ५८ लाख १८ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 


प्रकाशित : सोमबार, असोज ३१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend