मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सेयर बजारमा निरन्तर ओरालो, ५१ करोडको मात्र कारोबार

images
सोमबार, असोज ३१ २०७९
images
images
सेयर बजारमा निरन्तर ओरालो, ५१ करोडको मात्र कारोबार
images
images

काठमाडौं- चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता भने ओरालो यात्रा देखिइरहेको छ। 

images
images

आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको छ। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको छ। सोमबार ५१ करोड ५८ लाख १८ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

images
images

बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

images
images
images

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 


प्रकाशित : सोमबार, असोज ३१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend