शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तिहार नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेप बढ्दा ऋण प्रवाह स्थिर

सोमबार, असोज ३१ २०७९
तिहार नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेप बढ्दा ऋण प्रवाह स्थिर

काठमाडौं- तिहार सुरु हुनैलाग्दा वाणिज्य बैंकहरूको निक्षेप बढेको छ। असोज अन्तिम साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड निक्षेप बढेको छ।

नेपाल बैंकर्स संघका अनुसार असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब ११ अर्बबाट ८ अर्बले बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी स्थिर रहँदै ४१ खर्ब ९३ अर्ब कायम रहेको छ। गत साता ६२ करोड रुपैयाँ ऋण प्रवाह भएको छ।

दसैँको समयमा बैंकिङ प्रणालीबाट बाहिरिएको रकम दसैँ सकिएपछि पुन: बैंकिङ प्रणालीमै फर्कन थालेसँगै निक्षेप बढ्न थालेको हो। 


प्रकाशित : सोमबार, असोज ३१ २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend