काठमाडौं- सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ। आइतबारको तुलनामा सुनको मुल्य तोलामा २ सय रुपैयाँ बढेको हो।
आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।