शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बीमा ऐन २०७९ : बीमा कम्पनीको लाभांश वितरणमा कडाइ (यस्ताे छ व्यवस्था)

सोमबार, असोज ३१ २०७९
बीमा ऐन २०७९ : बीमा कम्पनीको लाभांश वितरणमा कडाइ (यस्ताे छ व्यवस्था)

काठमाडौं- सरकारले नयाँ बीमा ऐन २०७९ जारी गर्दै सेयरधनीलाई दिने लाभांशमा कडाइ गर्ने भएको छ। बीमा ऐनले चारवटा विषय पूरा नगर्ने कम्पनीलाई लाभांश वितरणमा रोक लगाएको छ। 

कम्पनीहरुले प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी ऐन तथा प्राधिकरणले निर्धारण गरेबमोजिम जोखिम व्यहोर्ने कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म लाभांश वितरण गर्न पाउने छैन। 

त्यस्तै ऐनको दफा ३६ बमोजिम पुर्‍याउनुपर्ने न्यूनतम चुक्ता पुँजी पूरा नगरेसम्म लाभांश वितरण गर्न पाइने छैन।

त्यस्तै दफा ४२ बमोजिमको सम्पति र दायित्वको अनुपात कायम नभएसम्म लाभांश वितरणमा रोक लाग्नेछ। त्यस्तै सर्वसाधारणलाई छुटयाइएको सेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पुँजी भुक्तानी नभएसम्म लाभांश वितरण गर्न पाइने छैन। 

प्रचलित कानून बमोजिम बीमकले लाभांश घोषणा गर्नुअघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृत लिनुपर्नेछ।

bima.JPG

 


प्रकाशित : सोमबार, असोज ३१ २०७९०४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend