शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दसैँ अगाडि बढेको सेयर तिहार अगाडि घट्दो ट्रेण्डमा, कतिसम्म ओरोलो लाग्ला?

आइतबार, असोज ३० २०७९
दसैँ अगाडि बढेको सेयर तिहार अगाडि घट्दो ट्रेण्डमा, कतिसम्म ओरोलो लाग्ला?

गत बिहीबार ४.१५ अंकले बढेर बजार १८७०.६३ बिन्दुमा पुगेको छ। ८२ करोड ९६ लाख रुपैयाँको कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको थियो।

काठमाडौं- गत साता १६.९१ अंकले सुधार देखिएको बजार यो साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ। गत साता सेयर बजारमा उतारचढावपूर्ण अवस्थामा रहँदै उही बिन्दु वरपर देखिएको छ।

आइतबारको वृद्धिपछि लगातार दुई दिनको गिरावट र एक दिनको सामान्य वृद्धिले थामिएको बजार बिहीबार पनि झिनो अंकले बढेको थियो। दसैँ अगाडि सुधारको संकेत देखिएको बजार दसैँपछि भने खासै बढ्न सकेको छैन। 

यो साता आइतबार ९.६९ अंकले घटेको छ। आईतबार १८६०.९४ विन्दुमा आईपुगेको छ। आइतबार ८० करोड ३५ लाख को कारोबार हुँदा २५ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आइतबार १४८ कम्पनीको सेयर मूल्य घट्दा ३० कम्पनीको मात्रै झिनो सुधार भएको छ। नयाँ कम्पनी अभियान लघुवित्तको ९ प्रतिशतले सेयर मूल्य बढेको छ। 

गत बिहीबार ४.१५ अंकले बढेर बजार १८७०.६३ बिन्दुमा पुगेको छ। ८२ करोड ९६ लाख रुपैयाँको कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको थियो।

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको थियो। मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ बिन्दुमा झरेको थियो। बुधबार ११.३६ अंकले बढेर बजार १८६६.५२ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थाले वृद्धितर्फ संकेत नगरे पनि बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ। चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रह्यो। 

अहिलेको वृद्धि क्षणिक भएको र बजार उतारचढावमा नै रहने विश्लेषकहरू बताउँछन्। यसअघि चुनावी माहोलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिलेको बजारमा कुनै प्रभाव देखिएको छैन। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन।

प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 

अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न भने सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको समयमा पनि पुँजी बजार भने उतारचढावपूर्ण अवस्थामा नै छ। 


प्रकाशित : आइतबार, असोज ३० २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend