आइतबार, भदौ २३ गते २०८१    
images
images

भ्याक्सिनले उकास्दै नेपाली अर्थतन्त्र : विश्व बैंक 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
images
images
भ्याक्सिनले उकास्दै नेपाली अर्थतन्त्र : विश्व बैंक 

७ प्रतिशत माथिको आर्थिक वृद्धिदर दक्षिण एसियाली क्षेत्रमा हुने बैंकले बताएको छ। 

images
images

काठमाडौं- नेपालको अर्थतन्त्र पुनरुत्थान्मुख रहेको विश्व बैंकले बताएको छ। नेपालको अर्थतन्त्रका बारेमा प्रक्षेपण सार्वजनिक गर्दै बैंकले कोरोना विरुद्धको खोप अभियान तीव्र हुँदै गर्दा अर्थतन्त्र अझै सुधारोन्मुख हुने बैंकको विश्वास छ। 

images
images
images

खोप अभियान बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा सुधार हुने, वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्ने बैंकले अनुमान गरेको छ। चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने बैंकले अनुमान गरेको छ। गएको वर्ष १.८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको बैंकले अनुमान गरेको छ। 

नेपालसँगै दक्षिण एसियाली मुलुकहरूको अर्थतन्त्र पनि पुनरुत्थान्मुख रहेको बैंकले बताएको छ। कतिपय देशको अर्थतन्त्र कोरोना महामारी अघिकै तहमा पुगेको छ। 
 
७ प्रतिशत माथिको आर्थिक वृद्धिदर दक्षिण एसियाली क्षेत्रमा हुने बैंकले बताएको छ। 

कोरोनापछिको अवस्थामा आर्थिक  क्षेत्र सुधारका लागि नयाँ प्रयासहरू भइरहेको बैंकले जानकारी दिएको छ। नेपालमा पछिल्लो समय ग्रिन तथा दीगो विकासका लागि विकास साझेदारहरुबीचमा सहमति भएको थियो।

images

कोरोनाका कारणले गर्दा दक्षिण एसियामा ४८ देखि ५९ लाख मान्छे गरिब भएको बैंकले यसअघि नै सार्वजनिक गरेको थियो। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend