शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एमजीले लङ रेन्ज जेडएस ईभी ल्याउने निश्चित, खुल्यो बुकिङ

images
आइतबार, असोज ३० २०७९
images
एमजीले लङ रेन्ज जेडएस ईभी ल्याउने निश्चित, खुल्यो बुकिङ

नयाँ ब्याट्री अप्सनसहित आउन लागेको जेडएस ईभीले एक पटकको फुल चार्जमा ४ सय ४० किलोमिटर रेन्द दिनेछ। 

images
images

काठमाडौं- बढाइएको करबाट प्रभावित भएको र सप्लाइ चेनमा समस्या अएका कारण रोकिएको एमजीको चर्चित विद्युतीय कार जेडएस ईभी पुनः आउने निश्चित भएको छ। अब एमजीको जेडएस ईभी लङ रेन्ज अर्थात यसअघिको भन्दा बढी किलोमिटर गुड्ने गरि नेपाल आउने भएको हो।

images
images
images

केही समयअघिसम्म सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी जेडएस ईभी केही समयदेखि नेपाल आउन सकेको थिएन। तर अब भने नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले ४ सय ४० किलोमिटर रेन्जसहितको नयाँ कार ल्याउने भएको छ। 

images
images

पारामाउन्टले २०७८ फागुनमा नयाँँ विद्युतीय गाडी एमजी जेडएस ईभी २०२२ सार्वजनिक गरेको थियो। 

images
images

२०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षमा नेपाली बजारमा जम्मा २ सय १८ वटामात्र विद्युतीय कार आयात भएको थियो। त्यति बेला युवराज खतिवडाले बढाएको कर र कोरोना महामारीको चरम चपेटाको प्रभावका कारण विद्युतीय कार आयात हुन सकेको थिए। 

तर विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएलगत्तै विद्युतीय सवारीको कर घटाएको र कोरोना महामारीको प्रभाव कम हुँदै गएसँगै विद्युतीय सवारी आयात बढ्न थालेको थियो। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको एक वर्षमा भने १५ सय ४० वटा विद्युतीय कार नेपाल भित्रिएका थिए। 

एक वर्षमा आयात भएका विद्युतीय कार मध्ये सबैभन्दा धेरै एमजीको आयात भएको थियो। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म नेपाली बजारमा सबैभन्दा धेरै एमजी ब्रान्डको एमजी जेडएस ईभी आएको छ। एक वर्षमा ६ सय ९७ वटा एमजी जेडएस ईभी बिक्री भएको थियो। 

पारामाउन्टले अब नेपाल ल्याउने एमजी जेडएस ईभी ७२ किलोवाटको ब्याट्रीमा आउने छ। विभिन्न पाँच रंगमा यो कार उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ ब्याट्री अप्सनसहित आउन लागेको जेडएस ईभीले एक पटकको फुल चार्जमा ४ सय ४० किलोमिटर रेन्द दिनेछ। 

यो कारको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेर पारामाउन्ट मोटर्सले बुकिङ खुला गरेको छ। यसअघि मोडल लिनका लागि बुकिङ गरेका उपभोक्ताले लङ रेन्ज जेडएस ईभी लिन चाहेमा पहिलो प्राथमिकता दिने कम्पनीले जनाएको छ। 

लङ रेन्ज जेडएस ईभी नेपाल भित्रिएपछि पारामाउन्टले विगतमा हासिल गरेको बजार हिस्सा पुन: फर्काउने गरि योजना बनाएको छ। एसयूभी सेगमेन्टको आकर्षक र राम्रो ग्राउन्ड क्लियरेन्स तथा विशेषताका कारण उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ। 

एमजी जेडएस ईभीमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोललगात अत्याधुनिक विशेषताहरु रहेका छन्। 


प्रकाशित : आइतबार, असोज ३० २०७९०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend