शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कात्तिक महिनामा ब्याजदर नबढ्ने, असोजकै कायम गराउने बैंकर्सहरूको भद्र सहमति

आइतबार, असोज ३० २०७९
कात्तिक महिनामा ब्याजदर नबढ्ने, असोजकै कायम गराउने बैंकर्सहरूको भद्र सहमति

काठमाडौं- कात्तिक महिनामा बैंकहरूले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। कात्तिकमा बैंकरहरूले असोजकै ब्याजदलाई कायम गर्ने सहमति गरेका हुन्। 

बैंकहरूले असोजमा निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत पुर्‍याएका थिए। ब्याजदर घटाउनका लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने निष्कर्ष निकालेको थियो। 

अर्थ मन्त्रालयले बनाएको समितिले बैंकले बढाएको ब्याजदरमा हस्तक्षेप नगर्ने गरी अध्ययन प्रतिवेदन बुझाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले  ब्याजदर अध्ययन गर्नका लागि भन्दै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको नेतृत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका थिए। 

गत असोज १ गतेदेखि बैंकहरूले ब्याजदर बढाएसँगै निजी क्षेत्रको लविङमा अर्थमन्त्री शर्माले अध्ययन गर्न बनाएको समितिले ढिलागरी प्रतिवेदन बुझाएको हो। 

असोजमा कति पुगेको थियो ब्याजदर?

वाणिज्य बैंकहरूको आधार ब्याजदर १०.७३ प्रतिशत रहेको छ। धेरै बैंकहरूको आधारदर ९.६३ प्रतिशतभन्दा पनि कम रहेको छ। बैंकबाट ऋण लिँदा आधारदरमा ८ प्रतिशतसम्म प्रिमियम थप्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ। यो आधारमा बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याज लिन पाउने छन्।

एभरेष्ट बैंकको ८.९२, स्टयार्न्डर्ड चार्टर्ड बैंकको ८.४, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२, कृषि विकास बैंकको ८.९, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, ग्लोबल आइएमई बैंकको ९.४, सिद्धार्थ बैंकको ९.५, नेपाल बैंकको ८.३९, सानिमा बैंकको ९.०२, प्रभु बैंकको ९.४२, नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ। सिभिल बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, असोज ३० २०७९०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend