शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नयाँ ब्रोकर लाइसेन्सका लागि ३२ कम्पनीको आवेदन, नयाँ स्टकका लागि अझै पर्ख र हेरमा

आइतबार, असोज ३० २०७९
नयाँ ब्रोकर लाइसेन्सका लागि ३२ कम्पनीको आवेदन, नयाँ स्टकका लागि अझै पर्ख र हेरमा

काठमाडौं- नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिने कम्पनीको संख्या ३२ पुगेको छ। आवेदन दिने समय असोज ३१ गतेसम्म तोकिएको छ। बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो।  

बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। नयाँ ब्रोकरका लागि बोर्डले आवेदन दिन ३० दिनको समय दिएकोे थियो।  

बोर्डले धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्‍याएको छ। यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्‍याएको छ। 

आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे–नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिनेछ। 

ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमा भने हालसम्म पनि कुनै पनि आवेदन परेको छैन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको छ। यी दुवैको आवेदन दिने समय कात्तिक १५ सम्म रहेको छ। बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि दुईवटा लाइसेन्स वितरण गर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। बोर्डले एउटा स्टक एक्सचेञ्ज थप्न दिने निर्णयअनुसार सूचना जारी गरेको थियो। स्टकका लागि ४५ दिनभित्र आवेदन दिनुपर्ने छ।

यसैगरी बोर्डले कमोडिटी एक्सचेञ्जको लाइसेन्स आवेदन पनि खुला गर्दै आवेदन मागको छ। बोर्डले दुईवटा कमोडिटी एक्सचेञ्ज कम्पनी खोल्ने दिने भएको छ। यसका लागि पनि आवेदन दिने समय ४५ दिन नै राखिएको छ।

यसैगरी बोर्डले सेयर बोक्रर कम्पनी पनि थप्ने गरी आवेदन मागेको थियो। यसका लागि आवेदन दिन ३० दिनको समय दिइएको छ।


प्रकाशित : आइतबार, असोज ३० २०७९०२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend