शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

हिमालयन डिष्टिलरीको लाभांश चर्चाले सेयर लगानीकर्ता होल्डमा, घट्दो बजारमा पनि सेयर मूल्य ३ हजारको वरपर

शनिबार, असोज २९ २०७९
हिमालयन डिष्टिलरीको लाभांश चर्चाले सेयर लगानीकर्ता होल्डमा, घट्दो बजारमा पनि सेयर मूल्य ३ हजारको वरपर

काठमाडौं- समग्र नेप्से परिसूक घटेपनि हिमालयन डिष्टिलरीको सेयर मूल्य भने ३ हजार तल झरेको छैन। यसले कम्पनीको सेयर मूल्य जतिसुकै बजार घटेपनि तत्काल सेयर मूल्य भने नघट्ने देखिएको छ।

कम्पनीको पछिल्लो एकवर्षमा न्युनताम प्रतिकित्ता २८२५ रुपैयाँमा झरेको थियो। पछिल्लो केही दिन बढेर ३४२३ रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयदेखि कम्पनीको सेयर मूल्य ३००० को चक्रमा घुमिरहेको छ। एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य ७३०२ रुपैयाँसम्म पुगेको छ। गतवर्ष कम्पनीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिएको थियो।

hdl.JPG

कम्पनीले अब पनि १०० प्रतिशतकै हाराहारीमा लाभांश दिने अनुमान गरिएको छ। सोही कारण पनि लगानीकर्ता पुनः हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेका छन्। आकर्षक लाभांश आउने देखिएर नै सेयरधनीहरुले सेयर होल्ड गर्दा सेयर मूल्य तल नआएको हो। 

कम्पनीले अघिल्लो वर्ष ७५ प्रतिशत सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। अघिल्लो वर्ष पनि कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि सेयर लाभांश दिने बजारमा हल्ला छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ५१ अर्ब ९७ करोडमा झरेको छ। 


प्रकाशित : शनिबार, असोज २९ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend