शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

इष्टर्न हाईड्रोपावरको आईपीओ खुला, कति दिने आवेदन?

शुक्रबार, असोज २८ २०७९
इष्टर्न हाईड्रोपावरको आईपीओ खुला, कति दिने आवेदन?

काठमाडौं- इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार ३ सय १० कित्तासहित कुल ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर एक सय रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गरेको छ।

कुल निष्कासित सेयरमध्ये ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४ सय ६ कित्ता सेयर कर्मचारीलाई छुट्याई बाँकी ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ।

लगानीकर्ताले निष्कासन गरेका सेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ। कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्दै आएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ। कम्पनीलाई केयर रेटिङ्गस नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ।


प्रकाशित : शुक्रबार, असोज २८ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend