आइतबार, वैशाख २३ गते २०८१    
images
images

मंसिर ४ : चितवन १ मा पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलको 'रोमाञ्चक भिडन्त'

images
images
images
मंसिर ४ : चितवन १ मा पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलको 'रोमाञ्चक भिडन्त'

चितवन क्षेत्र नम्बर १ मा डा. पौडेलसँगै योजना आयोगकै पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले र अर्का नेता राजेन्द्र बुर्लाकोटी पनि टिकटको दौडमा थिए। तर पौडेलले नै बाजी मारेर अहिले चुनावी अभियानमा जुटेका छन्। पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुवै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति भएकाले धेरैको ध्यान चितवन १ मा केन्द्रित छ। 

images
images

काठमाडौं- चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री डा. विश्व पौडेल चुनावी मैदानमा उत्रिएका छन्। डा. पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। पौडेललाई सत्ता गठबन्धनको साथ रहेको छ। जसमा काँग्रेससहित नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थन छ। 

images
images
images

राजनीतिक रुपमा सुरेन्द्र पाण्डे शालिन र नेकपा एमाले भित्रका बौद्धिक छवि बनाएका नेतामा पर्दछन्। उनी अघिल्लो पटक भारी मतसहित चितवन १ बाट विजयीसमेत भएका थिए। पाण्डेको क्षेत्रमा नेकपा एमालेबाट जेएन थपलियाको पनि टिकट पाउने चर्चा थियो। तर, एमालेले पाण्डेलाई नै टिकट दिएको छ।

images

चितवन क्षेत्र नम्बर १ मा डा. पौडेलसँगै योजना आयोगकै पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले र अर्का नेता राजेन्द्र बुर्लाकोटी पनि टिकटको दौडमा थिए। तर पौडेलले नै बाजी मारेर अहिले चुनावी अभियानमा जुटेका छन्। पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुवै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति भएकाले धेरैको ध्यान चितवन १ मा केन्द्रित छ। 

images

यसअघिको निर्वाचनमा पाण्डेले कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई करिब १६ हजार मतान्तरले पराजित गरेका थिए। त्यसबेला माओवादी र एमालेबीच गठबन्धन भएको थियो। तर, यसपटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मात्रै होइन एमाले पनि विभाजित भएको अवस्था छ। 

images
images

यसका कारण पनि काँग्रेसबाट उम्मेदवार बनेका पौडेललाई सहज भने देखिन्छ। तर काँग्रेसभित्रबाटै बागी उम्मेदवार स्थानीय नेता बुर्लाकोटी भएकोले पौडेलको बाटो पनि त्यति सहज देखिँदैन। यता धादिङमा समाजवादीकै नेता रहेका राजेन्द्र पाण्डेका भाई सुरेन्द्र पाण्डे भएकोले समाजवादीहरूको सबै भोट गठबन्धनमा नपर्न पनि सक्ने भएकाले चितवनकै काँग्रेसका मतदाताहरू पौडेलले जित निश्चित छ भन्न सक्ने अवस्थामा छैनन्। 

यता पाण्डेका लागि पनि पौडेलको प्रतिस्पर्धा चुतौतीपूर्ण छ। विगतमा स्थानीय नेतासँग मात्रै प्रतिस्पर्धा गरेका पाण्डे यतिबेला योजना आयोगको उपाध्यक्ष बनिसकेका व्यक्तिसँगको प्रतिस्पर्धामा छन्। पौडेलले योजना आयोगमा रहँदा नै धेरै योजनाहरू चितवनमा लगेका  कारण पनि प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ। योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर प्रतिनिधिसभाको उम्मेद्वार बनेका डा. पौडेल पूर्वअर्थमन्त्री पाण्डेमाथि भारी पर्नसक्ने आँकलन पनि गरिएको छ। 

आयोग उपाध्यक्षको पद सम्हालेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका पौडेलले चालु आर्थिक वर्षको बजेटमा पनि चितवन केन्द्रित ठूलै योजनाहरू सुरु गराएका छन्। यता पूर्वअर्थमन्त्री पाण्डे पनि विकास र समृद्धिकै नारालाई केन्द्रमा राखेर चुनावी दौडमा छन्। 

पौडेलले चितवनको विकास गर्न काठमाडौं-चित्लाङ-चितवन द्रुतमार्गको योजना मात्रै होइन सुरुङमार्ग निर्माण बजेटमा नै समावेश गरेका छन्। १४ महिना उपाध्यक्ष हुँदा खानेपानी सडक पूर्वाधार, ग्रामीण विद्युतीकरणमा विशेष जोड दिएको बताउँदै आएका छन्। सुरुङमार्ग, नारायणी र त्रिशूलीको वैकल्पिक सडक निर्माणको योजनासमेत पौडेलले अगाडि सारेका छन्।  

‘मेरो प्रतिस्पर्धी सुरेन्द्र पाण्डे विगत १० वर्षदेखि सांसद भएर काम गर्नु भएकोले अहिले पूर्वी चितवन नयाँ अनुहार खाजेको छ,’ पौडेलले भने। अहिले चिवतको पश्चिमभन्दा पूर्व चितवन पछाडि परेकोले पनि जनताले नयाँ विकासप्रेमी सांसद खोजेको पौडेलको बुझाई छ। ‘म संसदमा गएभने विकास आवज केन्द्रसम्म र सरकारसम्म पुर्‍याउने काममा तल्लिन हुने छु, मेरो विज्ञता पनि यसमै छ,’ पौडेलले भने। संसदहरूको काम कानून निर्माण गर्ने र जनातको समस्या समाधान गर्ने भएकोले योजना निर्माण सोही ढंगले गर्नेसमेत पौडेलले बताए। 

पौडेल सन् २०२० नोभेम्बरदेखि जुलाई २०२१ सम्म इन्नोभेटिभ इन्भेष्टमेन्ट कन्सल्टिङ ग्रुपको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। काठमाडौं युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रुपमा साढे ३ वर्ष र ५ वर्ष ५ महिना असिस्ट्यान्ट प्रोफेसरका रुपमा काम गरेका छन्। यस्तै सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठनमा इकोनोमी एडभाइजरका रूपमा काम गरेका छन्। यसैगरी सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताको काम गरेको अनुभव पनि उनीसँग छ। 

यता पाण्डेले ०६६ जेष्ठ खेखि ०६७ माघसम्म विवादरहित अर्थमन्त्रीको रूपमा कार्य गरेका थिए। उनले अर्थमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा सहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको सुरुवात गराएका थिए। पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरूको निर्माण सुरुसमेत पाण्डेले गराएका थिए। चितवन, हेटौडा र कैलालीमा क्षेत्रीय रंगशालाको निम्ति र भैरहवा र काठमाडौँ क्रिकेट मैदानमा बजेट विनियोजन गराएका थिए भने पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरेर काम अगाडि बढाएका थिए। 

images

प्रकाशित : शुक्रबार, असोज २८ २०७९०१:४७

प्रतिक्रिया दिनुहोस