शनिबार, वैशाख १५ गते २०८१    
images
images

सेयर बजारमा साताभरको उतारचढावले उही बिन्दुकै चक्कर, लगानीकर्तामा देखिएन विश्वासको आधार

images
images
images
सेयर बजारमा साताभरको उतारचढावले उही बिन्दुकै चक्कर, लगानीकर्तामा देखिएन विश्वासको आधार
images
images

काठमाडौं- यो साता सेयर बजारमा उतारचढावपूर्ण अवस्थामा रहँदै उही विन्दु वरपर देखिएको छ। आइतबारको वृद्धि पछि लगातार दुई दिनको गिरावट र एक दिनको सामान्य वृद्धिले थामिएको बजार बिहीबार पनि झिनो अंकले बढेको छ। समग्रमा यो साता १६.९१ अंकको सुधार देखिएको छ। 

images
images
images

बिहीबार ४.१५ अंकले बढेर बजार १८७०.६३ बिन्दुमा पुगेको छ। ८२ करोड ९६ लाख रुपैयाँको कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ। 

images

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको थियो। मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ बिन्दुमा झरेको थियो। बुधबार ११.३६ अंकले बढेर बजार १८६६.५२ बिन्दुमा पुगेको थियो।

images

अहिलेको अवस्थाले वृद्धितर्फ संकेत नगरे पनि बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ। चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रह्यो। 

images
images

अहिलेको वृद्धि क्षणिक भएको र बजार उतारचढावमा नै रहने विश्लेषकहरू बताउँछन्। यसअघि चुनावी माहोलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिलेको बजारमा कुनै प्रभाव देखिएको छैन। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन।

प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 

अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न भने सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको समयमा पनि पुँजी बजार भने उतारचढावपूर्ण अवस्थामा नै छ। 

images

प्रकाशित : बिहीबार , असोज २७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस