शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निक्षेपमा ब्याजदर प्रभाव देखिएन, एकैदिन ३१ अर्बले घट्यो निक्षेप

बिहीबार , असोज २७ २०७९
निक्षेपमा ब्याजदर प्रभाव देखिएन, एकैदिन ३१ अर्बले घट्यो निक्षेप

काठमाडौं- असोज १ देखि ब्याजदर बढाउँदा दसैँअघि केही बढेको निक्षेप अहिले लगातार घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एकैदिन ३१ अर्बले निक्षेप घटेको छ।

तथ्यांकअनुसार ४५ खर्ब १२ अर्ब रहेको निक्षेप घटेर ४४ खर्ब ८१ अर्बमा झरेको छ। जुन ३१ अर्बले कमी हो। असोज २१ सम्ममा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँले निक्षेप बढेको थियो। भदौ मसान्तको तुलनामा असोजको तेस्रो सातासम्ममा निक्षेप बढेको थियो।

यता ऋण प्रवाह भने २ अर्ब घटेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार बाणिज्य बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ८५ अर्ब रहेकोमा घटेर ४१ खर्ब ८३ अर्बमा झरेको छ। 

ब्याजदर वृद्धि गर्ने नेपाल राष्ट्र बैंकको नीतिसँगै वित्तीय संस्थाहरूमा गत असोज १ देखि निक्षेपमा ब्याजदर बढाएका थिए। असोज १ गतेदेखि वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर वृद्धिसँगै ग्राहकका लागि विभिन्न योजनाहरू सार्वजनिक गरेका थिए।

वाणिज्य बैंकहरूको आधार ब्याजदर १०‍.७३ प्रतिशत रहेको छ। धेरै बैंकहरूको आधारदर ९.६३ प्रतिशतभन्दा पनि कम रहेको छ। बैंकबाट ऋण लिँदा आधारदरमा ८ प्रतिशतसम्म प्रिमियम थप्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ। यो आधारमा बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याज लिन पाउने छन्।


प्रकाशित : बिहीबार , असोज २७ २०७९०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend