शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

निक्षेपमा ब्याजदर प्रभाव देखिएन, एकैदिन ३१ अर्बले घट्यो निक्षेप

images
images
images
निक्षेपमा ब्याजदर प्रभाव देखिएन, एकैदिन ३१ अर्बले घट्यो निक्षेप
images
images

काठमाडौं- असोज १ देखि ब्याजदर बढाउँदा दसैँअघि केही बढेको निक्षेप अहिले लगातार घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एकैदिन ३१ अर्बले निक्षेप घटेको छ।

images
images
images

तथ्यांकअनुसार ४५ खर्ब १२ अर्ब रहेको निक्षेप घटेर ४४ खर्ब ८१ अर्बमा झरेको छ। जुन ३१ अर्बले कमी हो। असोज २१ सम्ममा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँले निक्षेप बढेको थियो। भदौ मसान्तको तुलनामा असोजको तेस्रो सातासम्ममा निक्षेप बढेको थियो।

images

यता ऋण प्रवाह भने २ अर्ब घटेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार बाणिज्य बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ८५ अर्ब रहेकोमा घटेर ४१ खर्ब ८३ अर्बमा झरेको छ। 

images

ब्याजदर वृद्धि गर्ने नेपाल राष्ट्र बैंकको नीतिसँगै वित्तीय संस्थाहरूमा गत असोज १ देखि निक्षेपमा ब्याजदर बढाएका थिए। असोज १ गतेदेखि वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर वृद्धिसँगै ग्राहकका लागि विभिन्न योजनाहरू सार्वजनिक गरेका थिए।

images
images

वाणिज्य बैंकहरूको आधार ब्याजदर १०‍.७३ प्रतिशत रहेको छ। धेरै बैंकहरूको आधारदर ९.६३ प्रतिशतभन्दा पनि कम रहेको छ। बैंकबाट ऋण लिँदा आधारदरमा ८ प्रतिशतसम्म प्रिमियम थप्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ। यो आधारमा बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याज लिन पाउने छन्।

images

प्रकाशित : बिहीबार , असोज २७ २०७९०८:०२

प्रतिक्रिया दिनुहोस