शनिबार, वैशाख ८ गते २०८१    
images
images

हुवावेको 'सिड्स फर दी फ्युचर' कार्यक्रममा नेपाली विद्यार्थी पनि सहभागी हुन पाउने

images
बिजनेस न्युज
images
हुवावेको 'सिड्स फर दी फ्युचर' कार्यक्रममा नेपाली विद्यार्थी पनि सहभागी हुन पाउने

नेपाली विद्यार्थी छनौटका लागि आइसीटीका प्राध्यापकहरु प्राडा सशीसरणराम जोशी, प्राडा सुवर्ण शाक्य र तिमिला यमी रहेका छन्।

images
images

काठमाडौं- हुवावेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ' सिड्स फर दी फ्युचर' नेपालमा पनि लागू गरेको छ।

images
images
images

चिनियाँ टेक जायन्ट हुवावेको ग्लोबल फ्ल्यागिसिप नेपालमा पनि सार्वजनिक भएको छ।

images

कम्पनीले आज एक कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरेको हो। डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम अन्तर्गतको यो कार्यक्रमबाट युवा विद्यार्थीहरुले लाभ लिनसक्ने कम्पनीको विश्वास छ।

images

सन् २००८ मा थाइल्यान्डबाट सुरू भएको यो कार्यक्रममा आइसीटीका अन्डरग्र्याजुएट विद्यार्थी सहभागी हुन पाउने छने। यो कार्यक्रम अन्तर्गत हालसम्म १३० देशका ९ हजार विद्यार्थी सहभागी भइसकेका छन्।

images
images

यो वर्ष नेपालबाट २० जना विद्यार्थीले यसमा अवसर पाउने छन्। प्रतिस्पर्धाको माध्यमबाट २० जना छनौट गरिने कम्पनीले जानकारी दिएको छ। नेपाली विद्यार्थी छनौटका लागि आइसीटीका प्राध्यापकहरु प्राडा शशीधरराम जोशी, प्राडा सुवर्ण शाक्य र तिमिला यमी रहेका छन्।

छनौट हुने विद्यार्थीहरुले सुरुमा ८ दिनको अन्तरक्रियात्मक अनलाइन सहभागिता जनाउन पाउनेछन्। यसमा उनीहरुले चिनियाँ तथा नेपाली उद्योग, ट्रेन्डिङ प्रविधिका बारेमा हुवावेको अनुभवका बारेमा जानकारी लिन पाउने छन्।

विद्यार्थीहरुले www.seedsnepal.com मा गएर सिधै आवेदन दिनसक्ने छन्। आवेदन दिएकाहरुमध्येबाट सर्टलिस्टमा परेकाहरुमध्येबाट अन्तर्वार्ताको माध्यमबाट छनौट हुनेछन्।

 

images

प्रकाशित : बुधबार, असोज २० २०७८०२:१५
प्रतिक्रिया दिनुहोस