बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुवावेको 'सिड्स फर दी फ्युचर' कार्यक्रममा नेपाली विद्यार्थी पनि सहभागी हुन पाउने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
हुवावेको 'सिड्स फर दी फ्युचर' कार्यक्रममा नेपाली विद्यार्थी पनि सहभागी हुन पाउने

नेपाली विद्यार्थी छनौटका लागि आइसीटीका प्राध्यापकहरु प्राडा सशीसरणराम जोशी, प्राडा सुवर्ण शाक्य र तिमिला यमी रहेका छन्।

काठमाडौं- हुवावेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ' सिड्स फर दी फ्युचर' नेपालमा पनि लागू गरेको छ।

चिनियाँ टेक जायन्ट हुवावेको ग्लोबल फ्ल्यागिसिप नेपालमा पनि सार्वजनिक भएको छ।

कम्पनीले आज एक कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरेको हो। डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम अन्तर्गतको यो कार्यक्रमबाट युवा विद्यार्थीहरुले लाभ लिनसक्ने कम्पनीको विश्वास छ।

सन् २००८ मा थाइल्यान्डबाट सुरू भएको यो कार्यक्रममा आइसीटीका अन्डरग्र्याजुएट विद्यार्थी सहभागी हुन पाउने छने। यो कार्यक्रम अन्तर्गत हालसम्म १३० देशका ९ हजार विद्यार्थी सहभागी भइसकेका छन्।

यो वर्ष नेपालबाट २० जना विद्यार्थीले यसमा अवसर पाउने छन्। प्रतिस्पर्धाको माध्यमबाट २० जना छनौट गरिने कम्पनीले जानकारी दिएको छ। नेपाली विद्यार्थी छनौटका लागि आइसीटीका प्राध्यापकहरु प्राडा शशीधरराम जोशी, प्राडा सुवर्ण शाक्य र तिमिला यमी रहेका छन्।

छनौट हुने विद्यार्थीहरुले सुरुमा ८ दिनको अन्तरक्रियात्मक अनलाइन सहभागिता जनाउन पाउनेछन्। यसमा उनीहरुले चिनियाँ तथा नेपाली उद्योग, ट्रेन्डिङ प्रविधिका बारेमा हुवावेको अनुभवका बारेमा जानकारी लिन पाउने छन्।

विद्यार्थीहरुले www.seedsnepal.com मा गएर सिधै आवेदन दिनसक्ने छन्। आवेदन दिएकाहरुमध्येबाट सर्टलिस्टमा परेकाहरुमध्येबाट अन्तर्वार्ताको माध्यमबाट छनौट हुनेछन्।

 


प्रकाशित : बुधबार, असोज २० २०७८१४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend